प्रस्तावित विद्युतीय रेलमार्गका लागि ९० अर्ब लाग्ने अनुमान

  • मंसिर ३०, २०७६
  • ११९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


इटहरीः प्रदेश १ को प्रस्तावित विद्युतीय रेलमार्गको ईआइए प्रतिवेदन तयार भएको छ । १ सय २६ दशमलप ७५ किलोमिटर विद्युतीय रेलवे परियोजना निर्माणको लागत ९० अर्ब दुई करोड ८२ लाख ८६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । पूर्व पश्चिम रेलवे परियोजना अन्तरगत इरुवादेखि काकडभिट्टा र विराटगरदेखि इटहरी सम्मको प्रस्तावित रेलवे परियोजनाको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएको हो ।
रेल विभागले तयार पारेको प्रस्तावित विराटनगर–इटहरी लिङ रेलवेको लम्बाई २० दशमलव १६ किलोमिटर हुनेछ । इनरुवा काकडभिट्टा रेलवेको लम्बाई भने १०६ दशमलव ५९ किलोमिटर हुनेछ । प्रस्तावित रेलवेको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) अध्ययन गरेका विज्ञ रिकेश चित्रकारका अनुसार मुआब्जा र रेलवेज निर्माणका लागि ९० अर्ब लागत अनुमान गरिएको छ ।
विद्युतिय रेलवेजको बातावरणीय प्रभाव मुल्याङक (इआइए) गरेका चित्रकारका अनुसार इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलवेज पूर्व पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने छ ।
दुईवटा रेलवे निर्माण गर्दा ६ सय ३५.७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । तीमध्ये ५ सय १२ हेक्टर कृषकको खेती योग्य जमिन पर्नेछ । प्रस्तावित रेलमार्गको १९.६० हेक्टर वन क्षेत्र ओगट्ने छ । तीन वटा सामुदायिक वनको सो जमिन रेलमार्गमा पर्नेछ । ग्रामीण सुधार सामुदायिक वन, महिला जागृति, सीता छधारे, हातेमालो र सुन्दर सामुदायिक वनको १९ हेक्टर क्षेत्रको वन फडानी हुनेछ । परियोजनाले ३३ हेक्टर घनाबस्ती प्रभावित पार्ने चित्रकारले बताए ।
प्रस्तावित पूर्व पश्चिम रेलवेजको इनरुवा काकरभिट्टा खण्डमा ३ सय ५७ घरधुरी प्रभावित हुनेछन् । २ सय किलोमिटर प्रतिघण्टाको रेलवेज निर्माण गर्दा चारहजार परिवारको ५ सय १२ दशमलव ६९ हेक्टर जमिन अधिग्रहण हुनेछ ।
चित्रकारका अनुसार इनरुवा देखि काडभिट्टा सम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको छ । इनरुवा, इटहरी, बेलेपुर, चण्डीटोल, उर्लाबारी, दमक, यासोक, सुरुङ्गा, बिर्तामोड र काकडभिट्टामा स्टेशन निर्माणको प्रस्ताव गरिएको छ ।
भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ । विराटनगर इटहरी रेलवेज निर्माण गर्दा १ सय ९३ परिवार प्रत्यक्ष प्रभावित हुनेछन् । प्रस्तावित पूर्व पश्चिम रेलमार्गको इनरुवा काकडभिट्टा खण्डमा ३५७ घरधुरी प्रभावित हुनेछन् ।
रेवले पूर्व पश्चिम राजमार्गको दुई किलोमिटर दक्षिण तर्फको क्षेत्रमा पर्ने गरी प्रस्तावित गरिएको चित्रकारले बताए । उनका अनुसार प्रदेश १ मा इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलमार्ग पूर्व पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ ।
न्यूनतम ८ देखि १० मिटरसम्मको उचाइमा रहने रेलमार्गको विराटनगर इटहरी खण्डको हात्तीमुडामा स्टेशन राख्न प्रस्ताव गरिएको छ । रेलमार्गलाई आवश्यक पर्ने विद्युत दुहबी, दमक र विर्तामोडबाट जडान गर्ने प्रस्ताव गरिएको छ ।
दुईवटा रेलवे परियोजनाले तीन जिल्लाका १८ वटा स्थानीय तहलाई छुनेछ । पूर्व पश्चिम राजमार्ग पश्चिम झापाको तीन वटा, मोरङका नौं वटा र सुनसरीका तीनवटा स्थानीय तहलाई छुनेछ । ती स्थानीय तहमा केही वडालाई रेलवेजले छुनेछ । प्रस्तावित रेलमार्गले सुनसरीको भोक्राहा गाउँपालिका, इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकालाई छुनेछ ।
पूर्वपश्चिम रेलमार्गले सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकालाई छुनेछ । झापाका दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षि नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई छुनेछ । विराटनगर इटहरी लिङ्क रेलवेजले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका केही वडालाई छुनेछ ।
वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएपछि रेल विभागले सार्वजनिक सुनुवाई सुरु गरेको छ । आइतबार प्रभावित क्षेत्र विराटनगरमा सार्वजनिक सुनुवाई गरेको विभागले सोमबार इटहरी, मंगलबार पथरी शनिश्चरे र बुधबार विर्तामोडमा सार्वजनिक सुनुवाई गर्ने तयारी गरेको हो । सार्वजनिक सुनुवाईमा भारतको बथनाहदेखि विराटनगर जोड्ने १८ किलोमिटर लामो रेलवे निर्माण गर्दा प्रभावितलाई मुआब्जा वितरण नगरेको पीडितले गुनासो गरेका छन् ।
रेलवे निर्माणका लागि सरकारले ८ वर्ष अघि जग्गा अधिग्रहण गरेको थियो । तर रेलवेज भनिर्माण गर्दा प्रभावितहरुले अझै मुआब्जा नपाएको कटहरी गाउँपालिका १ का विश्वथान माmीले बताए । रेलवेज निर्माण गर्दा सरकारकै कारण किसान मार्कामा परेको भक्तिनाथ माझीले बताए ।

प्रतिक्रिया दिनुहोस

गणित र विज्ञान शिक्ष ...

इलामःएसइई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । तर, एसइई परीक्षा नजिकिँदै गर्दा इलामका अधिकांश विद ...

त्रिधार्मिकस्थल ...

 खोटाङः धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीको चौतर्फी विकासका लागि निर्माण गरिएको गुरुयोजना ...

अपाङ्गतामैत्री ...

विराटनगरः प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्ग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved