इटहरीः विराटनगर स्थायी घरभई काठमाण्डौं बसोबास गर्ने नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एव्म सफल चलचित्र निर्माता तथा वरिष्ठ कलाकार केशब भट्टराईको निधनले चलचित्रकर्मीहरु स्तब्ध भएका छन् । उनको गए राती सवा दश बजे उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो ।
प्रेसर र सुगरका विरामी भट्टराई एक वैवाहिक कार्यक्रममा सहभागी भएर निवास फर्कने क्रममा बाटोमै बेहोस भएका थिए । उनलाई तत्कालै उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर, उनलाई डाक्टरहरुले बचाउन सकेनन् । उनका श्रीमति र एक छोरा छन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष हुन साथ नेपालका चलचित्र उद्योगी एव्म निर्देशक, कलाकार तथा दर्शकहरुले समेत उनीमाथि ठूलो आशा गरेका थिए । उनी चलचित्र उद्योगी र कलाकारहरुको भरोसाको केन्द्र बनेका थिए । उनले आफु अध्यक्ष हुन साथ चलचित्र उद्योगलाई सुधारतर्फ लैजानका लागि बक्स अफिसलाई कडाईका लागि लागू गराएका थिए । हक्की स्वाभाव, मिजासिला, भाषणकला निपुर्ण उनि नेतृत्व क्षमतामा पनि उत्तिकै सफल थिए ।
नेपाली चलचित्र क्षेत्रको विकासका लागि एउटा सपना बोकेर अगाडी बढेका उनको निधनको खबर आफुले पत्याउर्नै नसकेको निर्देशक नवल नेपालले बताए । अघिल्लो दिन वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधनमा फेसबुकमा हार्दिक श्रद्धाञ्जली दाई भनेर लेख्ने केशब भट्टराई दाई स्टाटसले लेखेको २४ घण्टा नबिल्दै यो संसारबाट सधाका लागि भौतिक शरिर त्यागेर परलोक जानु भयो भन्ने कुरा आफुले विश्वास नै गर्न नकसको उनले बताए । एउटा असल व्यक्ति गुमाउदाको पीडाको कुनै सीमा नभएको निर्देशक नेपालले बताए । दुई अघिमात्र निर्देशक समाजको निर्वाचनमा भेट्दा भट्टराईले विकास बोर्ड र नेपाली चलचित्र उद्योगका बिषयमा चिन्ता व्यक्त गरेको निर्देशक नेपालले बताए ।
वरिष्ठ कलाकार हरिवंश आर्चायले पनि भट्टराईको निधनले आफुलाई दुःखी बनाएको फेसबुक स्टाटस लेखेर भनेका छन् । यता, धरानमा रहेर चलचित्र क्षेत्रमै काम गरिरहेका निर्देशक अरुण प्रधानले पनि चलचित्र क्षेत्रको विकासका लागि केही नयाँ जोश जागर र भिजन बोकेर अध्यक्ष पदलाई सहि तरिकाले आगाडी बढाईरहनु भएका भट्टराईको निधनले अपुरणीय क्षति भएको बताए । उनले पत्उान सकिने घटनाले आफु लगायत प्रदेश नम्बर एक कै चलचित्रकर्मी स्तब्ध भएको बताए ।
नायक तथा मोडल माधव केसीले चलचित्र उद्योगी र कलाकारहरुको पीडा बुझ्ने असल व्यक्ति गुमाउदा आँखु थाम्न नसकेको प्रतिक्रिया दिए । अर्का मोडल दिनेश कोइरालाले भट्टराईले प्रदेशहरुमा पनि चलचित्र क्षेत्रको विकास र कलाकर्मीहरुलाई प्रोत्साहन गर्ने खालका धेरै योजनाहरु बनाएको तर पुरा गर्न नपाई असामहिक निधन भएको खबरले थामिनसक्नुको पीडा भएको बताए । इटहरी निवासी मोडल अनिस(भूपाल) सञ्जेलले भट्टराईको निधनले चलचित्र उद्योगमा वहाँले थालेका सुधारका कार्यहरुमा ब्रेक लाग्ने बताए । उनले वहाँको निधनले देश विदेशका दर्शकका आँखु नथामिएको जनाए ।
निर्देशक तथा कलाकारसमेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

उनको शरीर श्रद्धान्जलीका लागि आज दिउँसो २ बजे चलचित्र विकास बोर्डमा राखिने भएको छ । भट्टराईको पार्थिव शरीरसँगै अभिनेता दीपक क्षेत्रीको पार्थिव शरीर आज सोही समयमा बोर्डको प्रांगणमा राखिने छ । क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो ।

यसैबीच, नेपाल चलचित्र प्राविधिक संघले आज अध्यक्ष भट्टराईको निधनले नेपाली चलचित्र उद्योगमा अपुरणीय क्षति पुगेको भन्दै उनको सम्झनामा आज चलचित्र सम्बन्धी छायांकन, सम्पादन नगर्न तथा नगराउन सम्पूर्ण चलचित्रकर्मीहरुसँग आग्रह गरेको छ ।

दर्जनौं चलचित्र र टेलिसिरियलमा अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए । नयाँ चलचित्र निर्माणको तयाारीमा थिए ।