धरानः नेवा देय् दवू, धरान नगर कमिटीले ४ दिने यमरी उत्सव गरिने भएको छ । मंगलबार धरानको अमान बजारमा आयोजना गरिएको वौद्धिक तथा सामाजिक व्यक्तिहरुको भेलामा यःमरीको महत्व र यमरी उत्सवलाई प्रभावकारी ढंगले सम्पन्न गर्ने विषयमा व्यापक छलफल गरिएको थियो । नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदाय बीच पु¥याउन महत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेवार जातीको संस्कृति सँगै अन्य जातीहरुको संस्कृतिलाई पनि समावेश गरिने बताए । धरान १२ को छाता चैकमा पौष ९,१०,११ र १२ गते सम्पन्न हुने ४ दिने यःमरी सास्कृतिक तथा पर्यटन उत्सवमा नेवार जातीको गीत तथा नृत्य प्रर्दशन गर्ने , सांस्कृतिक कार्यक्रम गर्ने, नेवारी परिकार र पहिरन प्रर्दशन गरिने छ । साथै धरानमा रहेका अन्य जाती तथा जनजातीहरुको पनि सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रर्दशन गरिने छ ।
यःमरी पुर्णे मंसिर शुक्ल पक्षको पूर्णिमाका दिन मनाईन्छ । यःमरी नयाँ चामलको पिठोबाट बनाईने एक प्ररिकार हो । चामलको पिठोलाई दुई तिर चुच्चो भएका डल्लोेको विचमा चाकु राखेर पानीको बाफमा पाकाएर तयार गरिएको हुन्छ । विभिन्न आकार र परिकाले वनाईने यःमरी धरै प्रकारको हुने गर्दछ ।
यःमरी परिकार नेवार समुदायले यमरी पुर्णेका दिन मात्र नभएर विभिन्न विभिन्न अवशरमा आवश्यक हुने र यसलाई बनाउन निकै मेहनत गर्नुपर्ने राजविमल श्रेष्ठले बताए । विगतका यमरी उत्सवमा माग अनुसार प्रयाप्त यमरी पु¥याउन नसकेको र यमरीको गुण स्तरमा पनि ध्यान दिन नसकिएको गुनासो आएकोले यस पटक त्यसमा सुधार गर्नुपर्ने सरला कायस्थले वताए । यमरी बनाउन आवश्यक प्रशिक्षण दिनुपर्ने सवैबाट माग भएपछि प्रशिक्षणका लागि सिद्धि नेवाः परिषद्ले सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न खलः पूच तथा नगरका समाजिसेवी बुद्धिजिवि अगुवा व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।