इटहरी : नेपाल दशनामि समाज नगर कार्य समिति इटहरी र प्रदेश युवा समितिको सयुक्त आयोजमा शनिबार सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमबाट ५३ प्रिण्ट रगत संकलन भएको आयोजकले जनाएको छ । इटहरीस्थित बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, दशनामि समाजका प्रतिनिधि ,प्रदेश युवा समितिका सदस्यहरू तथा सामाजिक कार्यकर्ताहरूले रक्तदान गरेका थिए ।
दशनामि समाजका इटहरी उपमहानगर अध्यक्ष कुमार गिरीको सभापतित्वमा सम्पन्न रक्तदानमा सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी प्रमुख अतिथि रहेका थिए ।

जाडो मौसम सुरूवात भएसंगै बिरामिहरूलाइ अभाव देखिएको रगत पुर्ति गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको दशनामि समाज नगर समितिका सचिव दिपक भारतिले बताए ।

गर्मि मौसम सकिए सगैँ जाडो याम सुरू भएसंगै प्रदेश एकको बिभिन्न जिल्लाहरूमा सञ्चालित अस्पतालमा रगत अभाव भएको समाचार आईरहँदा सामाजिक संघ संस्थाहरू अहिले दैनिक जसो रगतको अभाव टार्न रक्तदान कार्यक्रमहरू गर्दै आएका छन ।