इटहरीःइटहरीमा रहेको सगरमाथा गार्मेन्टले उपभोक्तालाई उचित मुल्यमा लत्ताकपडा उपलब्ध गराउने उद्धेश्य सहित अफ्नै ब्राण्डको उत्पादन पुष ६ गतेबाट प्रर्दशनी तथा बिक्रि बितरण गर्ने भएको छ । अन्तराष्ट्रिय स्तरको ब्राण्डेड कपडाहर आफ्नो गार्मेन्टमा उत्पादन गर्दै आएको सगरमाथा गार्मेन्टका सञ्चालक डम्बर बहादुर तामांगले बताए ।

नेपालको उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने, आयातलाई घटाउनु पर्ने लगायतको उद्धेश्यले ओसियन पार्कमा सञ्चालन हुन लागेको प्रर्दशनि बहिान ६ बजे देखि बेलुका ८ बजे सम्म चल्ने छ भने दैनिक ३ बजे देखि सांगीतीक कार्यक्रम पनि रहने रुद्रराज शर्माले बताए ।

प्रदर्श्नि तथा बिक्रिमा बालबालिका, महिला, पुरुषहरुका लागि जाडोको लुगा मात्र राखिने आयोजकले जनाएको छ । नेपालमा बर्षेैनि बाह्य मुलुकबाट लत्ताकपडा धेरै मात्रामा भित्रि रहेको बेला सगरमाथा ग्रामेन्टले उत्पादन संगै धेरैलाई रोजगारी दिएको छ ।