ताप्लेजुङःसाँस्कृतिक परम्पराको जगेर्ना सहित पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ मामांखेमा महोत्सव सञ्चालन हुनेभएको छ । कक्फेक्वा तङ्नाम (माघे सक्रान्ति पर्व) को समेत अवसर पारेर पुस २८ गतेदेखि माघ १ गते सम्म मामांखे महोत्सव आयोजना हुन लागेको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विशेष आतिथ्यतामा महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्था मामांखे युवा खेलकुद क्लबले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सवले कञ्चनजंघा लोकपथको र मामांखे स्थित लिम्बू संग्राहलयको स्तरोन्नतीमा सबै पक्षको ध्यानाकर्षण गराउन र त्यस क्षेत्रमा पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउन सहयोग पुग्ने समेत आयोजकको विस्वास रहेको आयोजकका प्रमुख सल्लाहकार चित्र माबोले बताउनुभयो ।
“१ नम्बर प्रदेशको शान कक्फेक्वा तङ्नाम, पर्यटन प्रर्वद्धन हाम्रो अभियान”भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा वडा स्तरिय भलिबल, च्याब्रुङ नाँच, गायन र नृत्य लगायतका प्रतियोगिता समेत हुने छ । यस्तै पर्यटन व्यवसायीलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको बताईएको छ । लिम्बू संस्कृति र संस्कारको विकास र आफ्नो क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्य सहि तगत २०५९ सालदेखि महोत्सव लगायतका कार्यक्रम गर्न थालिएको आयोजकले जनाएको छ ।