इटहरीःअमूल्य फिड प्रा.लि.इटहरीको चौथो साधारण सभाले संस्थापक संचालक भिमकुमार श्रेष्ठलाई कम्पनीको वोर्ड अध्यक्षमा निर्वाचित गरेको छ होटल उत्सवमा शनिवार साँझमा सम्पन्न कम्पनीको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति गठन गरेको हो ।

सभाले कम्पनी सचिवमा गणेश अधिकारी, प्रसाशकमा खेमराज घिमिरे र बजार प्रतिनिधिमा भूपाल भट्टराई निर्वाचित गरेको छ । वोर्ड संचालक सदस्यमा केदार खड्का, पदमप्रसाद पाण्डे, गुणराज जमरकट्टेल, रामप्रसाद चौलागाई, धनिकलाल महतो, भारती श्रेष्ठ र तोमप्रसाद प्रसाई निर्वाचित भएका छन् ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायतका जिल्लाका कुखुरा पालक कृषक र दाना व्यवसायीले संचालक रहेको अमूल्य फिड प्रालि पाँच वर्ष अघि स्थापना भएको हो । कम्पनीका ४३ शेयर सदस्यको २३ करोड पुँजी लगानी भएको छ । कम्पनी मोरङ बुढीगंगा गाउँपालिका वडा नम्बर ५ हात्तिमुडामा संचालित छ । कम्पनीले एक नम्बर प्रदेशमा कुखुराको दाना बिक्री गर्दै आएको छ ।

साधारण सभामा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल र महासचिव पिताम्बर पोखरेलले शुभकामना दिएका थिए । निर्वाचित वोर्ड समितिलाई निवर्तमान अध्यक्ष सन्तोष कार्कीले बधाई तथा शुभकामना दिएका थिए । साधारण सभामा माइनुट लेखन तथा निर्वाचनका लागि अधिवक्ता यामनाथ गुरागाई, अधिवक्ता तथा पत्रकार तारामणि सापकोटा र प्राध्यापक शंकर न्यौपाने सदस्य रहेको समिति गठन गरेको थियो ।