विराटनगरः प्रदेश १ मा पर्यटन वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने भएको छ । प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले यसबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । उद्घाटन भव्य बनाउन समिति तथा उपसमितिलाई सक्रिय बनाइएको बताइएको छ ।
प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उदघाटनका लागि समिति र सरकारले सबै तयारी भरपुररुपमा गरेको र उदघाटनलाई विशेष बनाउने बताउँदै भने,‘वर्षभरि हुने कार्यक्रम र अभियानलाई पनि विशेष ध्यान दिएका छौं ।’ उनले पर्यटकको मनमा बस्ने कार्यक्रम र योजना बनाइएको दाबी गरे ।
२०२० को पहिलो दिन विराटनगर स्थित शहिद रंगशालामा दश हजार प्रदेशबासीको उपस्थितिमा भ्रमण वर्षको विशेष उदघाटनको तयारी रहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताएका छन् । भने,‘उद्घाटनमा हेलिकोप्टरबाट पुष्प बृष्टिसँगै ड्रोन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराइने छ ।’ सेना र प्रहरीले झण्डा, भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन । यसैगरी प्रदेश १ चिनाउने वृत्तचित्र र गीत पनि प्रस्तुत हुने सुनाए ।
कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्रालय मार्फत छिमेकी देश भारतका प्रदेश १ सँग जोडिएका प्रान्त प्रमुखसहित पर्यटन व्यवसायीलाई पनि निमन्त्रण गरिएको संयोजक अधिकारीको भनाई छ । जात जातिको झाँकी, साइकल÷मोटरसाइकल ¥यालीको पनि आयोजना गर्ने उपसमितिले तयारी गरेको छ ।
जनवरी १ को मध्यान्न १२ वजे उद्धघाटन गर्ने र त्यस पछिका दिनमा प्रदेश १ का विभिन्न जिल्लामा जिल्लालाई चिनाउने महोत्सव, मेला र पर्यटक स्वागत सत्कार लगायतका कार्यक्रम जारी रहने पर्यटन मन्त्रालयका सचिव सञ्जीव कुमार राईले बताए ।
भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष केन्द्र सरकारले दिए पनि प्रदेश १ सरकारले २० लाख सम्म पर्यटक एक वर्षमा भित्र्याइने व्यवसायी समेत रहेका धार्मिक तथा सास्कृतिक व्यवस्थापन उपसमितिका संयोजक भविष श्रेष्ठले बताए । भने,‘वर्षिक ५ लाख पर्यटक त ताप्लेजुङको पाथीभरा मन्दिरमानै आउँछन, अन्य धार्मीक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई तान्न अलिकति मात्रै मिहेनत गरे २० लाख पनि एक वर्षमा ल्याउन सकिन्छ ।’