धरानः नेपाल भ्रमण बर्ष २०२० को अभियानलाई सहयोग पुरयाउन नेपाल फोटो पत्रकार महासंघ सुनसरीले प्रदेश स्तरिय फोटो प्रदर्शनी गर्ने भएको छ ।
महासंघ जिल्ला कार्यसमिति सुनसरीले बुधबार पत्रकार सम्मेलन गरि पुष १५ देखि १७ गतेसम्म भेडेटार फुड फेस्टिवलको अवसरमा फोटो प्रर्दशनी गर्ने जानकारी दिएको हो । दुई चरणमा पर्यटकीयस्थल भेडेटार र धरानमा प्रर्दशनी गर्न लागेको हो । पहिलो चरणमा भेडेटार फुड फेस्टिबलको अवसरमा प्रदर्शनी गरिने छ भने दोस्रो चरणमा पुष २० गते धरान डेको अवसरमा आयोजना हुने ३ दिने कार्यक्रममा पनि हुने महासंघका जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए ।
प्रर्दशनीमा प्रदेश नं १ को करिब एक सय पर्यटकीय गन्तव्यहरुको परिचय सहितको फोटो राखिने आयोजकले जनाएको छ । प्रर्दशनीमा कार्यसमितिका पत्रकारसँगै अन्य फmोटोग्राफरहरुले खिचेको तस्बिर समावेश गरिने अध्यक्ष चाम्लिङले बताए । प्रर्दशनीको लागि फोटो संकलनको लागि नजिकको स्थलहरुको भ्रमण कार्यक्रम हुनेछ भने अन्य क्षेत्रको तस्बिरको लागि त्यसक्षेत्रका व्यक्तिहरुसँग पनि सहकार्य गरिने महासंघले जनाएको छ । फोटो प्रर्दशनीकै लागि ३ जना पत्रकारहरु साँगुरीगढी गाउँपालिकाको पर्यटकीय गन्तव्यहरुको फोटो खिच्न फोटो वाक कार्यक्रम अन्र्तगत गएको पनि महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले जानकारी दिए ।
महासंघले फोटो पत्रकारिताको विकास र फोटो पत्रकारहरुको हकहित, क्षमता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो । प्रर्दशनीमा बिशेष प्रकृति र सँस्कृति झल्कने फोटोहरु राखिने आयोजकको भनाई छ । फोटो पत्रकार तथा फोटोग्राफरहरुसँग तस्बिर मागेर उत्कृष्ट फोटोहरु मात्र प्रर्दशनी राखिने जनाएको छ ।
फोटो पत्रकारितालाई व्यवसायिक पनि बनाउनको लागि प्रर्दशनीमा राखिएको फोटोहरु किन्न चाहनेलाई बिक्री पनि गर्ने अध्यक्ष चाम्लिङले बताए । प्रर्दशनीमा ३० जना भन्दा बढी फोटो पत्रकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ । धरान उपमहानगरपालिकाअन्र्तगतको पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङले भ्रमण बर्ष २०२० लाई पनि सफल बनाउन प्रर्दशनीमा प्रदेश १ को प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक लगायत सबै पक्षलाई समेट्ने गरी फोटोहरु राख्न आग्रह गरे । उनले भने,‘प्रदेश १ लाई समग्ररुपमा फोटो प्रर्दशनीले उजागर गर्नुपर्छ ।’
सल्लाहकार समिति चयन
फोटो पत्रकार महासंघ सुनसरीले ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । महासंघको बैठकले सल्लाहकारहरुमा यात्रा थुलुङ, अमर खड्का, किसोर थुलुङ, किसोरकुमार कार्की, जनकऋर्षि चाम्लिङ, देवेन्द्र कार्की र रोहित राईलाई सल्लाहकारको रुपमा चयन गरेको अध्यक्ष चाम्लिङले जानकारी दिए ।