इलामः पर्यटकीय गन्तब्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बनिन थालेपछि होमस्टे मासिने अवस्थामा पुगेका छन । होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाहृय लगानिमा होटल निमार्ण हुन थालेपछि होमस्टे विस्तापित हुने अवस्थामा पुगेको हो ।
अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् । खुलेको आकास सँगै अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिने भएकाले पनि पर्यठक अन्तु आउने गरेका हुन । अन्तुमा सुर्यादय र सूर्यस्थ हेर्नलाई अन्तु पुग्ने अधिकांश पर्यटक होमस्टे बस्न चहान्छन् । तर अन्तु पुगेका पर्यटकले हामस्टेको बास हैन होटलमा बस्नु पर्ने बाध्यता छ ।
अहिले श्रीअन्तुमा धमाधम होटल निमार्ण भइरहेका छन । त्यहाँ पुथ्ने जो कोहीले होमस्टे लेखेको बोर्ड मात्र देख्छन होमस्टे भने पाउदैनन । त्यहा निमार्ण भएकाा अधिकांश होटलले होमस्टे नामाकरण गरेपनि होमस्टेमा पाउने सेवा सूविधा मासिन थालेको नेपालपत्रकार महासंघ प्रदेश एकका उपाध्यक्ष सोम सुसेलीले बताए ।
स्थानीय कला, संस्कृति, भेषभुषा, खानपान झल्काउनुपर्ने होमस्टेको अवधारणा हो तर श्रीअन्तुका होमस्ेटे भने पक्का घरमा होटल र लज चलाएर होमस्टे लेखेका छन् ।
त्यहा पुरानो बसोवास गर्नेहरुले आफू बसेको घरलाई होमस्टेको रुपमा चलाएका छन । होमस्टे सञ्चालक भन्छन अन्तु होमस्टेबाटै चिनिएको हो सधै होमस्टे बाटै चिनाउन खेजिराखे पनि होटल दर्ताको व्यवसले होमस्टेलाई भने असर गर्नथालेको सामुदाईक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताए ।
अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सय देखि एकहजारभन्दा बढिको हाराहारीमा पर्यटक आउने गर्छन । सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, भर्खरै पत्ता लागेको सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण पनि पर्यटक बाक्लै आउने गरेका छन् । अन्तु मात्र होइन जिल्लामा विभिन्न पर्यटकिय स्थलहरुपनि रहेका छन । त्यहा पनि पर्यटकको चाप बढिरहेको छ । इलाममा घुम्नकै लागी भनेर आएका पर्यटकले होमस्टेमै बस्न पाउनु पर्दछ । होमस्टेको प्रचार गरेर धमाधम होटल निमाण गर्ने र होमस्टेको सूविधा मासेर होटलको सूविधा दिनाले पर्यटन क्षेत्रलाईनै असर पार्ने देखिन्छ । यसका लागी सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।