इटहरीः नागरिक राष्ट्रिय दैनिक पूर्वेलीका स्थानीय सम्पादक राजु अधिकारी विरेन्द्र साह कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । केही बेरअघि मात्र प्रधानममन्त्री निवास बालुटारमा उनि पुरस्कृत भएका हुन् । प्रेस संगठनले हरेक बर्ष प्रदान गर्ने सो पुरस्कार यो बर्ष सम्पादक अधिकारीले प्राप्त गरेका हुन् । उनलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार पाएपछि झापा स्थायी घर भएका सम्पादक अधिकारीले आफ्नो पेशाप्रति थप जिम्मेवारी बढेको बताए ।