इटहरीःगोरखा डिर्पाटमेन्ट स्टोरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी इटहरीमा सुविधा सम्पन्न होटल संञ्चालनमा ल्याउने भएको छ । करिब ४० करोडको लागतमा स्थापना गरिएको उक्त होटल २०२० जनवरी १ तारिखको दिन उद्धघाटन हुनेछ ।
भ्रमण बर्ष २०२० को प्रारम्भ हुने दिन देखि नै सञ्चालनमा ल्याउने गरी तयारी पुरा भएको पत्रकार सम्मेलन गरि होटलका संञ्चालक बलराम आर्चायले जानकारी दिए ।
संञ्चालक आचार्यले पत्रकार सम्मेलनमा पूर्वी नेपालको केन्द्रविन्दु इटहरीमा २०५६सालमा पुर्वाञ्चलकै पहिलो र सबै भन्दा ठुलो डिर्पाटमेन्ट स्टोर सञ्चालनमा ल्याई हाल विभिन्न पाँच ठाउँमा शाखा विस्तार गर्न सफल गोरखा डिर्पाटमेन्ट स्टोरको सफलसंगै गोरखा होटल सञ्चालन ल्याउन लागेको जानकारी गराए । उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षकै सन्र्दभ पारेर होटल सञ्चालनमा ल्याउन लागेको वताउदै पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गतिविधीमा होटलले समेत केही हद सम्म सहयोग पुर्रयाउने विश्वास व्यक्त गरे ।

होटल उद्घाटनको अवसर र नेपाल भ्रमण वर्षको अवसरमा एक महिना सम्म होटलले विशेष छुटको व्यवस्था समेत दिने जानकारी गराइयो । ४२ कोठे होटलमा स्विट ,एक्जुकेटिभ , डिलक्स र नर्मल रुमहरु रहेका छन् ।