इटहरीःप्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संसारभरीका पर्यटकहरु नेपालको भ्रमण गर्न आतुर भईरहेको बताएका छन् । आजबाट धनकुटा र धरानको संगम स्थलमा रहेको भेडेटारमा शुरु भएको ८ औं फुड फेष्टिबलको उद्घाटनपछि मुख्यमन्त्री राईले आफ्नो मन्तब्य राख्दै सो कुरा बताएका हुन् ।
नेपाल सरकारले नेपाल भ्रमण बर्ष त्यसै घोषणा नगरेको उनले बताए । मुलुक संमृद्धतर्फ प्रवेश गरेपछि पहिलो पटक नेपाल सरकारले भ्रमण बर्षको घोषणा गरेको बताए । भ्रमणबर्षको घोषणासंगै नेपाल सरकारले संसारभरीका पर्यटकहरुलाई आमन्त्रण समेत गरिसकेको बताए । नेपालको विकास संमृद्धिको जग नै नेपाल भ्रमण बर्ष २०२० भएको उनले बताए । भ्रमण बर्षपछि नेपाल संमृद्धितर्फ स्वत लम्किने मुख्यमन्त्री राईले दावी गरे । त्यसको शुरुवात भेडेटारबाट भएको उनले बर्ताए । उनले भेडेटार फुटफेष्टिबल गरेर भेडेटार भ्रमण बर्षको शुभारम्भ गर्ने पहिलो स्थान र निकाय भएकोमा धन्यवाद समेत व्यक्त गरे ।
मुख्यमन्त्री राईले भने–‘ नेपाल त्यस्तो देश हो, जहाँ हिमाल , पहाड र तराई छ । एक सय २५ जाति जनजाति छन् । १ सय २३ भाषा भाषी बोल्ने समुदाय छन् । नेपाल विविधता नै विविधिता भएको देश हो । त्यसकारण यहाँ संसारभरीका पर्यटकहरु भ्रमण गर्न आतुर छन् । पर्यटकहरुलाई स्वागत गर्न संघीय सरकार र प्रदेश सरकार तत्परहेको उनले बताए । उनले देश संघीयता गएपछि सबै क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार व्यापक भईरहेको बताए । उनले पर्यटकिय गन्तव्यका हिसाबले प्रदेश नम्बर एक अन्य प्रदेश भन्दा धनी रहेकाले प्रदेश एकका पर्यटकिय गन्तव्यहरु भ्रमणका लागि पनि विदेशी पर्यटकहरु इच्छुक र आतुर रहेको बताए । उनले मुलुक संघियतामा जानु अघि नेपालको पर्यटकिय क्षेत्र भनेको पोखरा, चितवन मात्र भन्ने बुझाई र सोचाई परिर्वतन भएको उनले बताए । उनले अन्य क्षेत्रका पर्यटकिय गन्तव्यहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढीरहेको बताए । उनले भोलि अर्थात अंग्रेजी नयाँ बर्षको दिन विराटनगर हुने पर्यटन बर्ष २०२० को भव्य उद्घाटन समारोहमा सरिक हुन सबैलाई निमन्त्राण समेत गरे ।
फुड फेष्टिबल उद्घाटन सारोहमा आयोजक होटल एशोशिएसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले प्रदेश नम्बर १ को प्रमुख गन्तव्यको रुपमा रहेको भेडेटारको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले बिषेश ध्यान दिन आग्रह गरे । उद्घाटन समारोहका सभापति एव्म होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भेडेटार र आसपासरका पर्यटकिय गन्तव्यहरुको प्रमोशनका लागि फुडफेष्टिबलले पुलको काम गर्ने विश्वास व्यक्त गरे । फेष्टिबलले स्थानीय , प्रदेश , संघीय सरकार र नीजि क्षेत्रबाट लागि परेका पर्यटनकर्मीहरु बीचको समन्वयकारी भूमिका खेल्ने काम गरेको बताए ।
उद्घाटन समारोहमा प्रदेश नम्बर एकलाई कलाकृतिको माध्यबाट कलात्मक बनाउन लागि परेका मूर्तिकार रोजन राई, पत्रकारिता क्षेत्रबाट योगदान गर्ने टुर न्यूज मासिक पत्रिकाका संवाददाता कविराज घिमिरे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन एशोशिएसनका महासचिव आशिष राईले गरेका थिए । कार्यक्रममा बिभिन्न जाति जनजातिहरुको झाँकी नृत्य प्रस्तुत गरिएको थियो । उद्घाटन समारोह समापनपछि मुख्यमन्त्री सहितको टोलीले स्टलहरुको निरिक्षण गर्नुका साथै एशोशिएसनले स्थापना परेको सूचना केन्द्रको अवलोकन गरिएको थियो ।