भेडेटारः आठौं फुड फेस्टिबल धनकुटाको भेडेटारमा शुरु भएको छ । ३ दिनसम्म चल्ने सो फेस्टिबलको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भेडेटारले अब विकासमा फड्को मार्ने बताएका छन् । पर्यटनमार्फत् अघि बढिरहेको पर्यटकीय नगरी भेडेटारले अब विकासको गति लिने उनको भनाइ थियो । भेडेटार रवि राँके सडकले भेडेटारको समग्र विकासमा सघाउ पुग्ने र हरित कृषि अभियानलाई सो सडकले सहयोग पुग्ने उनको भनाइ थियो । १० वर्षे गुरुयोजना बनाएर प्रदेश सरकार अघि बढेको छ मुख्यमन्त्री राईले आगामी १० वर्षमा प्रदेश नम्बर १ लाई संसारभर चिनाउने गरी काम गर्न गुरुयोजना तयार भइसकेको बताए । चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

चियाको राजधानी, लालीगुराँसको राजधानी, अन्नको भण्डार अनि जलस्रोतको भण्डार यस प्रदेशले अब देशकै विकासमा उच्च स्थान राख्ने उनको भनाइ थियो । भाषिक, सांस्कृतिक, पर्यटकीय विविधतालाई बुझ्न धेरै विदेशी नेपाल आउने उनले उल्लेख गरे । नेपाल भ्रमण वर्ष २०२० का कारण अहिले संसारको ध्यान नेपालतिर फर्किएको बताउँदै देशले समृद्धिको बाटो तय गरेपछि पहिलो पटक नेपाल भ्रमण वर्षको आयोजना भएकाले यसले विशेष महत्व राख्ने उनले स्पष्ट पारे ।

यसो भने भेडेटार फुड फेस्टिबलका वक्ताहरुले
आठौं भेडेटार फुड फेस्टिबलको उद्घाटनका वक्ताले भेडेटारले प्रदेशको पर्यटकीय विकासमा विशेष महत्व राख्ने बताएका छन् । कार्यक्रममा बोल्दै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्खाले भेडेटारमा ८१ ओटा पर्यटकीय क्षेत्र रहेको बताए । नाम्जेदेखि त्रिवेणीसम्म पर्यटकीय क्षेत्रमात्रै रहेको बताउँदै उनले साँगुरीगढी गाउँपालिकाका सबै क्षेत्रमा १ वर्षभित्रमा सडक सञ्जाल बिस्तार गरिने उल्लेख गरे । भेडेटारमा पश्चिमका होटल व्यवसायीले पनि लगानी गर्न शुरु गरेको उनले बताए । होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्टले पहाडी क्षेत्रका सम्पूर्ण होटल व्यवसायीबीच छलफल गरी पर्यटकीय विकासमा लागिपर्ने उल्लेख गरे । धनकुटा पर्यटन विकास समिति अध्यक्ष विजयसन्तोषी राईले कोशी अञ्चलले प्रदेश १ लाई र प्रदेश १ ले नेपाललाई पाल्न सक्ने सामथ्र्य राख्ने उल्लेख गरे ।

v2

भारतबाट वार्षिक ५ करोड तथा चीनबाट वार्षिक १० करोड मानिस पर्यटकको रुपमा निस्कने र तीमध्ये १ प्रतिशतलाई मात्रै नेपालमा तान्न सके आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले पर्याप्त सम्भावना हुँदाहुँदै पनि धनकुटाका साथै पूर्वी पहाडको विकास हुन नसकेको उल्लेख गरे । सांसद निरन राईले पर्यटकीय क्षेत्रको विकास गरेर मात्रै देश समृद्धितर्फ अघि बढ्ने उल्लेख गरे ।

IMG_3892

मिस पूर्वाञ्चल २०१९ की विजेता रिजू भट्टराईले पर्यटकीय क्षेत्रको बिस्तारमा आफू सदैव लागिपर्ने बताइन् । कार्यक्रममा पत्रकार कविराज घिमिरे, विकास चाम्लिङ तथा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजू भट्टराई र मूर्तिकार रोजन राईलाई सम्मान गरिएको थियो । ं किरात राई यायोख्खाले साकेला नृत्य र नेपाल मगर संघले हुर्रा नृत्य प्रस्तुत गरेको कार्यक्रम होटल एसोसिएसन भेडेटारका महासचिव आशिष राईले सञ्चालन गरेका थिए । एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको समापनपछि उपस्थित अतिथिले महोत्सवका स्टलको अवलोकन गरेका थिए ।

v4 (2) v4 (1)