धरानः निर्माण शुरु भए संगै विवादित बनेको धरानको एकिकृत शहरी विकास आयोजना अन्र्तगतको खानेपानी परियोजना अझै पनि टुङ्गो लाग्न सकेको छैन् ।
एशियाली विकाश बैंकको ५० प्रतिशत अनुदान, ३५ प्रतिशत ऋण र धरान उपमहानगरपालिकाको १५ प्रतिशत लगानीमा संचालन भएको परियोजनाको म्याद सकिएको दुई वर्ष बितिसकेको छ तर पनि आन्तरिक विवादहरु मिलाउन नसक्दा अझै पनि अन्यौलमै रहेको छ ।
निर्माण सम्पन्न गर्नको लागि एशियाली विकाश बैंकले दोश्रो पटक थप गरिएको समय अवधिमा पनि मंगलबार सकिएको छ । तर परियोजना अन्र्तगतका कामहरु अझै ३० प्रतिशत भन्दा बढी रहेका छन् । परियोजनाको विवाद कायमै रहे पछि धरान उपमहानगरपालिकाले सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरेको सर्वपक्षीय भेलामा आयोजनाका प्रमुख राजु पोख्रेलले सम्झौताको म्याद सकिएको जानकारी दिए । आयोजनाको निर्माण कार्य करिव –करिव सकिए पनि व्यवस्थापना काम भने वाँकी नै रहेको उनले बताए । उनले भने, आयोजना अझै पुर्ण भएको छैन ।
तत्कालिन धरान नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १९ वडामा दैनिक चौबिसै घण्टा पानी खुवाउने योजनाका साथ एसियाली विकास वैंक र धरान नगरपालिकाको संयुतm आयोजनामा धरान खानेपानी परियोजना शुरु गरिएको थियो । पोख्रेलका अनुसार सन् २०१७ सम्ममा सम्पन्न गर्नु पर्ने परियोजना नसकिए पछि पुनः सम्झौता गरिएको थियो । परियोजनाले अहिले सम्म रेल्वे र पिण्डेश्वर वेलबाट मात्रै पानी वितरण गरिरहेको छ भने सम्निमा,फुस्रे सिस्टम संचालन हुन सकेको छैन यता विजयपुरमा ट्याङ्की नै निर्माण अघि बढेको छैन् । उनले भने, ‘अवको विकल्प भनेको खानेपानी संस्थान र वोर्ड मिलेर अघि वढ्न, नत्र सकिदैंन, होइन भने ठेकेदार कम्पनीसँग फेरी समन्वय गर्न जरुरी रहेको छ ।’ खानेपाली संस्थानले सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्न नमान्दा पनि समस्या नसुल्झिएको पोख्रेलको दाबी छ ।
खानेपानी आयोजनाले निर्माणको काम सम्पन्न गरेको दावी गरेको भएपनि आम उपभोतmालाई झुक्याएको भन्दै सर्वपक्षीय भेलामा सहभागिहरुले आक्रोस पोखेका थिए । कार्यक्रममा स्थानीय महेश श्रेष्ठले परियोजनाले दुई स्थानमा वितरण गरिरहेको खोनपानी पनि शुद्ध नभएको गुनासो गरे । उनले भने, ‘कुम्भी आहालबाट वितरण गरिएको खानेपानीमा वालुवा आउँछ, तिनकुनेको जंगलबाट झिकिएको पानीमा लेउ आउने गरेको छ ।’ उनले परियोजनाकोे आयु लम्वाएर भएपनि आयोजना सफल वनाउन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा धरान १८ का हर्क साम्पाङले आयोजनाको सम्पुर्ण हिसाव किताव सार्वजनिक गनुपर्ने माग राखे । ‘संस्थानसँग मिलेर आयोजना पुरा गर्ने छौ भनेर भन्न मिल्दैन’, राईले भने, ‘खानेपानी आयोजनाका कारण सडक तथा बाटो लथालिङ समेत भएकाले यसको जिम्मेवार कस्ले लिने हो, खानेपानी आयोजना पुर्ण रुपमा असफल भएको छ ।’
उपमहानगरपालिकाका मेयर तिलक राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खानेपानी आयोजना धरानको पहिलो प्राथमिकता भएकाले सर्वपक्षिय भेलाबाट आएको सुझाव र सल्लाहको आधारमा परियोजनाको काम अघि बढ्ने मेयर राईले बताए । उनले भने, ‘आयोजनाको सम्झौताको समय अवधि सकिएको छ, अव कसरी जाने हो भन्ने विषयमा सवैसँगको राय, सल्लाह लिएर अघि वढ्नेछौ ।’