धरानःसंघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन स्थानीय तह देखि प्रदेश सरकारहरुले पनि विभिन्न कार्यक्रम गरि उदघाटन गरेका छन् । यसै बिच उदयपुरको बेलका नगरपालिकाले पनि एक भव्य समारोहका बीच भ्रमण बर्ष २०२० को समुद्घाटन गरेको छ ।
उदयपुरको बेलका नगरपालिकामा रहेका पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धन गर्दै बेलकाको सांस्कृतिक, प्राकृतिक पहिचानहरुलाई पर्यटनमैत्री बनाउन पनि नेपाल भ्रमण वर्ष २०२० को उदघाटनलाई प्राथमिकता दिएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य सहित भ्रमण बर्षको शुरुवात गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले बताए । उदयपुर नगरपालिकाले आफनो आवधिक योजना मार्फत पर्यटन क्षेत्रको बिकास गर्ने समेत दावी गरे ।
बेलका नगरपालिका वडा नं ८ अन्र्तगतको सोमबारे बजारमा आयोजना भएको भ्रमण वर्षको उदघाटन कार्यक्रममा उदयपुरका सांसदहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी, गैरसरकारी, सामाजिक तथा विभिन्न जातीय संघसंस्थाहरु, बिद्यालय तथा कलेज स्तरका बिद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम स्थलमा विभिन्न जातिको साँस्कृतिक झाकी प्रर्दशनी गरिनुका साथै उदयपुरका १८ बटा पर्यटक गन्त्वयको फोटो तथा भिडियोको प्रर्दशनी, प्याराग्लाईडीङ, ¥याफटीङ, बिभिन्न जातीय खानाको परिकारहरु सहित घोघी, कोशीको माछाका परिकारहरु राखिएको थियो भने राष्ट्रिय कलाकार यस कुमार, शोभा तामाङ, खरिता खडका लगायतले गीत संगीतबाट मनोरञ्जन दिएका थिए ।