मोरङः नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले सभापति देउवाको व्यवहार प्रति चर्को आलोचना गरे ।
कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टी सभापति देउवाले नैतिकता गुमाएर नेतृत्वमा बसिरहदा कांग्रेस कमजोर बन्दै गएको बताए । ठुला–ठुला भ्रष्टाचारका बिषयमा सभापति देउवाको नाम जोडिदा प्रतिपक्षको भूमिकामा कांग्रेस खरो उत्रन नसकेको नेता कोईरालाको ठहर छ । ‘ह्वाईटबडी काण्ड, बालुवाटार जग्गा प्रकरण, यति होल्डिङ्स जस्ता कुरामा हाम्रा सभापतिको नाम जोडिन्छ । यो बिषयमा उहाँ नैतिक धरातलमा उभिन सक्नुहुन्छ ? प्रश्न गर्दै उनले भने ‘नैतिक धरातल गुमाईसकेको व्यक्ति नेतृत्वमा रहिरहदा अहिले अफ्ठेरो परिस्थिती आएको छ ।’
कांग्रेस पार्टी राणा, राजाहरुसँग लडेर आएको स्मरण गर्दै नेता कोईरालाले अहिले पार्टी सभापति देउवाको कमजोरीका कारण कम्युनिष्ट पार्टीको सरकारसामु प्रतिपक्षको भूमिकामा पनि बोल्न नसक्नु दुर्भाग्य भएको टिप्पणी गरे । कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका नेता कोईरालाले सभापति देउवाले सभापतिको भूमिका निर्वाह गर्न नसक्दा पार्टीमा समस्या सृजना भएको बताए । ‘सभापति भनेको अभिभावक हो । अभिभावकले पार्टीमा सवैलाई मिलाएर अघि बढ्नु पर्छ । सभापतिले गुट चलाएर कसैलाई काखा, कसैलाई पाखा गर्ने हैन, सवैलाई न्याय दिन्छु भनेर अघि बढ्नुपर्छ ।’ उनले भने ।

IMG_0174
कांग्रेसको इतिहासमा यसअघि सधै सहमतिबाटै महाधिवेशनको मिति तोकिने गरेको भन्दै उनले अहिले पनि सहमतिकै आधारमा मिति निर्धारण गर्नुपर्ने अडान दोहोर्याए । फरक प्रशंगमा उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता मुलभूत बिषयलाई निमोठेर सरकारले प्रजातन्त्रलाई धरापमा पारेको आरोप पनि लगाए । बीपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा पनि उनले जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रतिपक्षको भूमिका कांग्रेसले प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको स्वीकार गर्दै पार्टी नेतृत्वलाई सच्चिएर अघि बढ्न सुझाव दिए । सरकार भ्रष्टाचारको दलदलमा फसेर जनतालाई चुस्ने काम गरिरहेको भन्दै उनले अव सरकारका गलत कामको भण्डाफोर गर्ने गरी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता आंैल्याए । पार्टीमा बहुमतको दम्भ देखाएर एकलौटी रुपमा अघि बढ्ने परिपार्टी हावी हुँदै गएको भन्दै उनले बिधान मिचेर अघि बढ्ने छुट कसैलाई नभएको प्रष्ट पारे ।
कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले कांग्रेसको केन्द्रिय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाए । पार्टी सभापति देउवाले अहिलेको परिस्थितीलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगट राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउँन सभापति देउवालाई सझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिंगो पार्टीको नेता बन्नुपर्छ ।’ संगौलाले भने । कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले सभापति देउवा प्रति असन्तुष्टि जनाउँदै सच्चिएर अघि बढ्न सुझाव दिएका छन् ।

IMG_0199

यसैवीच मोरङमा सभापति देउवाप्रतिको असन्तुष्टि बैचारिक रुपमा मात्र नभई व्यवहारिक रुपमासमेत देखिन थालेको छ । केन्द्रिय नेता आउँदा प्राय अधिकांस पदाधिकारीसहित नेताहरु स्वागतका लागि बिराटनगर बिमानस्थल पुग्ने गरेको भएपनि बुधबार त्यस्तो भएन ।
मेलमिलाप दिवस बिशेष कार्यक्रमलाई संबोधनका लागि सुनसरी जाँने क्रममा बिराटनगर बिमानस्थल अवतरण गर्दा कांग्रेस मोरङका अधिकांस पदाधिकारी देउवाको स्वागतमा गएनन् । यसले पनि देउवाप्रतिको असन्तुष्टि चुलिदै गएको पुष्टि हुँने कांग्रेस स्थानीय नेताहरुको भनाई छ ।


सभापति देउवालाई नेता संग्रौलाको सुझाव ः गुटको हैन, सिंगो पार्टीको नेता बन्नुस्
कांग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले कांग्रेसको केन्द्रिय नेतृत्वले एकलौटी काम गरेर बिभाजन निम्त्याएको आरोप लगाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै नेता संग्रौलाले यस्तो बताएका हुन् ।

IMG_0097
पार्टी सभापति देउवाले अहिलेको परिस्थितीलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउँन सभापति देउवालाई सझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिंगो पार्टीको नेता बन्नुपर्छ ।’ संगौलाले भने ।
पार्टी नेतृत्व एकजुट हुँन आवश्यक रहेकोमा जोड दिदै उनले नेतृत्व बिभाजित भईरहे कार्यकर्ताले सधै दुख पाईरहने बताए । फरक प्रसंगमा उनले कांग्रेसको इतिहासमा कोइराला परिवारको योगदान चर्चा गर्दै कोईरालाहरु बिना कांग्रेस बाच्न सक्दैन भन्ने धारणा जनमानसमा रहेको दावी गरे ।

IMG_1758