इटहरीःमोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले बिहिबार संघीय सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीलाई संघमा स्वागत गरेको छ । मन्त्री ज्ञावलीसंग उद्योगी व्यववसायीहरुले छलफल समेत गरेका छन् । मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेकपा मोरङका अध्यक्ष श्ऋषिकेश पोखरले, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी, नेकपाका सदस्य पर्शुराम बस्नेत लगायतको सहभागीता थियो । छलफल तथा स्वागत कार्यक्रममा व्यापर संघ र उद्योग संगठन मोरंगका पूर्वअध्यक्ष, कार्यसमितिका पदाधिकारीहरु,महिला उद्यमी, बिभिन्न उद्योग प्रतिष्ठानका उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । छलफलमा पछिल्ला समय व्यवसायमा आएका समस्या, विदेशतर्फको व्यापार घाटा लगायतका बिषयमा उद्योगी व्यवसायीहरुले आ आफ्ना कुरा मन्त्री ज्ञावली सामु राखेका थिए ।