धरानःधरान उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ हुँदै धनकुटा पुगिने सडकका लागि बजेट विनियोजन भईरहेका छन् । सडक निर्माण, ढल निर्माणका लागि बजेट विनियोजन भईरहँदा त्यही वडालाई धरान बजार मा जोड्ने सेउती खोलाको पुल अलपत्र अवश्थामा रहेको छ ।
४ वर्ष अघि निर्माण शुरु भएको पुलको पहिलो वर्ष ३ वटा पिल्लर बने त्यस पछि बजेटको अभावमा जीर्ण बन्दै गएको छ । ३ वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य सहित २०७३ सालमा निर्माण थालिएको धरान १५ निराजन बस्ती र धरान ४ र ५ नं. वडालाई जोड्ने सेउती खोलाको पुलमा बनेका पिल्लर पनि जिर्ण बनिसकेका छन् ।
अहिले सम्म तिन वटा पिल्लर मात्रै ठडिएको छ । ४ वर्षमा तीन वटा पिल्लर मात्रै हालिएको छ । ३ वर्ष भित्रमा योजना सम्पन्न गरिसक्ने लक्ष्य लिए पनि ४ वर्ष बित्दा पनि पिल्लर मात्रै ठडिएको छ ।
खोला पारी रहेका गाउँहरुलाई धरान बजार सम्म जोड्न सडक निर्माणका लागि बजेटहरु विनियोजन भईरहेका छन् तर लामो समय देखि अलपत्र परेको पुल निर्माणका लागि भने कतै बाट बजेट विनियोजन पर्न सकेको छैन् । पुल नबन्दा अस्थायी रुपमा बनेको काठे पुलबाट स्थानीयहरु यात्रा गर्न बाध्य छन् भने सवारी साधनहरु खोलाबाटै कुदाउनु पर्ने अवश्था रहेको छ ।
राष्ट्रिय योजनामा पार्ने उद्देश्य सहित शुरुवात गरिएको पुल निर्माणको योजना राष्ट्रिय योजनामा पर्न नसक्दा तोकिएको समयमा पुल निर्माण सम्पन्न गर्न नसक्नेमा वडा नं. ४, ५ का वडावासी चिन्तित छन् ।
पुल नबन्दा स्थानीय काठेपुलकै भरमा काठेपुलबाटै वारिपारी गर्छन् । धरान–१५ र वडा नं. ५ जोड्ने सो पुल निर्माणमा स्थानीय तहको समेत ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ । ‘पुल बन्ने रे ! बन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म बनेको छैन’, स्थानीय देवीमाया कुलुङले भनिन् ।
वर्षामा आउने सेउती खोलाको बाढीले वर्षेनी धनजनको क्षति पु¥याउदा धरान ४ र ५ का स्थानियहरुले वर्षौ देखि सास्ती भोग्दै आएका छन् । वर्षामा खोलामा बाढी आउँदा त्याहाँका विद्यार्थी, कृषक, मजदुरहरुको सम्बन्ध धरान देखि हप्तौ दिन सम्म विच्छेद हुने गरेको छ । स्थानियले २०६३ सालमा विकल्पको रुपमा काठे पुल निर्माण गरेका थिए । स्थानियवासी र पत्रङबारी सामुदायिक वन उपभोक्ता समुहको लगानीमा पुल निर्माण भएको थियो । सोही काठे पुल पनि २०६९ सालमा आएको बाढीले क्षति पु¥याए पछि कठिन अवश्थामा आवात जावत गर्न बाध्य छन् ।
निर्वाचन क्षेत्र विकाश कोषबाट छुट्टिने गरेको वार्षिक बजेटले आर्थिक वर्ष ७०÷७१ देखि निर्माण थालिएको धरान १५ निराजन बस्ती र धरान ४ र ५ जोड्ने पुलमा सुनसरी जिल्ला विकाश समिती मार्फत ४७ लाख रुपैया सहित जनसहभागिताको करिब ९ लाख रुपैयाले ४ वर्षमा तीन वटा पिल्लर मात्रै तयार भएको छ । ४ करोड ५० लाख रुपैयाको कुल लागतमा निर्माण शुरु भएको पुल ५० मिटर लम्बाई, ७ मिटर चौडाईमा ३ वटा पिल्लर लगाई ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने योजना रहेको थियो । तर लक्ष्य अनुसार योजनामा पार्न नसक्दा समस्या थपिएको पुल निर्माण समितीका सचिव धन बहादुर कुलुङको भनाई छ ।
पुलको शिलान्यास २०७३ साल साल जेठ १४ गते सुनसरी क्षेत्र नं. १ का तत्कालिन संसद मिन विश्वकर्माले गरेका थिए । समयमै पक्की पुल निर्माण हुन सके वडा नम्बर ४ र ५ का खैरेनी टार, बसन्तटार, पत्रङबारी, देवी गाउँ, निशान डाँडा, हरिया लगायतका २० गाउँ लाभन्वित हुने छन् । धरान देखि धनकुटा सम्म जोड्ने सक्ने सेउती पुलका लागि राज्यले राष्ट्रिय योजनामै उल्लेख गरि पुल निर्माण सम्पन्न गर्न आवश्यक रहेको स्थानीयको माग रहेको छ ।
धनकुटा जिल्लाको तेलनपुर हुदै डाडाँबजार सम्म सहज यात्रा गर्न सकिने राजमार्गको रुपमा पनि विकाश गर्न सकिन्छ । वडा नम्बर ४ र ५ का ९० प्रतिशत विद्यार्थीहरु सेउती खोला पार गरि धरान बजारमा रहेका विद्यालयमा पठ्न आउने गरेका छन् भने, शतप्रतिशत कृषी उत्पादनहरुको बजार धरान हुने गरेको छ । समयमै पक्की पुल निर्माण गर्न सके यातायातको सुविधा सहित सो क्षेत्रका करिब २ हजार घर परिवारहरु आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा प्रत्यक्ष लाभान्वित हुने थिए ।