धरानःविना धैर्यता र लगनशीलता रजत जयन्तीसम्म पुग्नु कुनै पनि संस्थाको सामान्य कुरा नहुने धरान उपमहानगरपालिका नगर उपप्रमुख मञ्जु भण्डारीले बताइन । उनले मिजार सेवा समाज धरानले आफ्नो रजत जयन्ती र धरान स्थापना दिवसको अवसरमा धरान भानुचौकमा आयोजना गरेको प्रथम ऐतिहासिक रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएकी हुन् । प्रमुख अथिति रहेकी भण्डारीले रक्तदान मानिसको जीवन बचाउन अति आवश्यक कार्य भएको समेत बताइन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का धरान सेक्रेटरी पारस लिम्बुले मानिसको जीवन वचाउन रक्तदान कार्यक्रम महत्वपुर्ण कार्य भएको बताए । त्यसैगरी समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बुले समुदायलाई सचेत वनाउन सरकारले अझै पनि ध्यान नदिएको अवस्थामा सिल्पी समुदाय मिजारहरुले रजत जयन्तीसम्म पुग्नु सामान्य कुरा नभएको बताए । उनले सरकारले उद्यमशीलताका तालिमहरु सिल्पी समुदायमा गर्नु पर्ने बताए । सिप, कला, मेहनतबाट देशलाई अथाह योगदान पु¥याएका सिल्पी समुदायलाई राज्यको हेर्ने दृष्टिकोण अझै पनि सही नभएको बताए ।

IMG_20200104_100258

कार्यक्रममा परियार सेवा समाज सुनसरीका अध्यक्ष खगेन्द्र नेपाली, उपेक्षित उत्थान सरोकार केन्द्रका संरक्षक लालवहादुर विश्वकर्मा, दलित विकास समिति धरानका अध्यक्ष किशोर परियार, संस्थागत विद्यालय शिक्षक युनियनका आनन सूब्वा, मिजार युवा समाजका अध्यक्ष आशिष विसुङके लगायतले दलित समुदायको हरेक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको बताएका थिए । समाजका अध्यक्ष धनबहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव विजय अछामीले सञ्चालन गरेका थिए । मिजार कला, साहित्य, साँस्कृतिक समाजका अध्यक्ष हर्कराज चर्मकारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समाजका संरक्षक गोपाल मंग्राती, सल्लाहाकार सोमवहादुर विसुङ्के, गोपाल अछामी, किरात याक्थुम चुम्लुङका केन्द्रीय सल्लाहाकार नरप्रसाद लङफुङ्वा लिम्बू, नेपाल दलित संघका केन्द्रीय सदस्य राम परियार, नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखा उपाध्यक्ष सिर्जना तिम्सिना, नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समिति अध्यक्ष लम्जेल सङ्घर्षशील, सिल्पी विशेष समिति १ नं. प्रदेश अध्यक्ष नरेश विश्वकर्मा, धरान मनिहारी उपहार व्यापार संघका अध्यक्ष रामस्वरुप शर्मा, दर्पण सेक्युरिटी सर्भिस कम्पनी प्रा.लि.का निर्देशक जुद्ध लोहनी, आशिष वचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक महिन्द्र वोगटी, मरिक(डोम)सामुदायिक उत्थान मञ्चका रामधारी बास्फोर लगायतको उपस्थिति रहेको थियो ।

81614190_761387414362125_1089921249271873536_o
उक्त रक्तदान कार्यक्रममा धरानका विभिन्न २३ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । अघिल्लो दिनदेखि परेको वर्षा र चिसोका कारण रक्तदाताको संख्या भने न्यून रहेको थियो । सो समाजले आफ्नो रजत जयन्ती तथा धरान स्थापना दिवसको अवसरमा पुस २० गते छाताचौक देखि भानुचौकसम्म चेतनामुलक नगर सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । पुस २६ गते समाजको भव्य रजत जयन्ती समारोहको तयारी भइरहेको समाजका अध्यक्ष धनबहादुर हमाले बताएका छन् ।