इलामःइलामको सन्दकपुर २ माइमझुवामा एक घरमा आगलागी हुँदा साडे १२ लाख बराबरको क्षति भएको छ ।
साबिक माइमझुवा वडा नम्बर ५ सेर्पे निवासी कुल बहादुर गुरुङको घरमा गएराती आगलागी हुँदा १२ लाख ७२ हजार बराबरको क्षती भएको प्रहरीको भनाई छ ।
गुरुङ्को २ तले रहेको टिनको घरमा २ तोला सुनको औँठी ६ तोला चादी गरगहना लत्ताकपडा अन्नपात काठपात सबै जलेर नस्ट भएको छ । आगो के कारण लागेको र कसरी लागेको हो भन्ने कारण भन्ने खुल्न सकेको छैन। सुतेको समयमा अचानक आगो लागेपछि छिमेकीहरु भेला भएर आगो निभाउन खोज्दा सिलिन्डर ग्यास आगोले जलेर बिस्फोट आगो बढ्न गै आगोले उग्ररुप लिएको र आगोलाइ नियन्त्रण लिन नसकिएको स्थानीय सन्तोष गुरुङले बताउनुभयो । आगो नियन्त्रण गर्न सम्भब नभएपछि बिहान मात्रै आफै निभेको स्थानीयको भनाई छ ।