इटहरीःभ्रमण वर्ष सफल बनाउनका लागि प्रचारात्मक अभियानमा पाँचथरबाट निस्केको युवाहरुको टोली सिन्धुपाल्चोंक पुगेको छ । भ्रमण बर्ष २०२० उद्घाटन भएकै दिन अर्थात जनवरी १ तारिकका दिन पाँचथरबाट निस्केको ११ जना युवाहरुको टोली दिक्तेल , र्खुकोट हुँदै अहिले सिन्धुपाल्चोक पुगेको हो ।
६ वटा मोटरसाईलमा निस्केको टोलीले अझै १२ दिनसम्म यात्रा गर्ने छ । पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका धार्मिक तथा पर्यटकीय स्थलको घुमफिर एवं प्रचार–प्रसार गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि मोटरसाइकलबाट नेपाल यात्रा सुरु गरिएको टोलीमा संलग्न पत्रकार गिरिराज बाँस्कोटाले बताए । मोटरसाईकलमा पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी लोकमार्गमा पहिलो पटक यात्रा गरिरहेको बाँस्कोटाले बताए । उनका अनुसार मोटरसाईकलमा १७७६ किलोमिटर यात्रा गरिने छ । यात्राका क्रममा स्थानीय जनप्रतिनिधिहरु, पर्यटनसंग सम्बन्धित व्यक्तिहरुसंग छलफल तथा अन्तरक्रिया पनि गरिने छ । अन्तरक्रियामा सहभागीहरुलाई प्रदेश नम्बर १ का मुख्य पर्यटकिय गन्तव्यका बिषयमा जानकारी दिनुका साथै घुम्नका लागि निम्ता समेत दिदै यात्रा गरिरहेको बाँस्कोटाले बताए ।

82158579_2427825760679407_3495175661713096704_n


यात्राका क्रममा ठाँउ ठाँउमा प्रदेश नम्बर १ का प्रमुख पर्यटकिय गन्तव्यहरुको जानकारी मूलक प्रचार सामाग्री वितरण तथा राख्ने कार्यपनि गरिरहेको बाँस्कोटाले बताए । ६ वटा मोटरसाईलमा यात्रा गरिरहेका ११ जनाको टोलीमा ३ पत्रकार सहित नेकपा, नेपाली कांग्रेस, राप्रपा लगायत पार्टीका युवा नेता र केही युवा व्यवसायीहरु सहभागी छन् । आज प्रदेश नम्बर ३ का जनप्रतिनिधिहरुसंग अन्तरक्रिया र छलफल गरिने उनले बताए ।
यात्राका क्रममा मध्यपहाडी लोकमार्ग निर्माणको अवस्था, त्यसक्षेत्रका जनताहरुको आर्थिक सामाजिक विकासको अवस्था लगायतका बिषयमा सुक्ष्मतरिकाले अध्ययन गर्ने कार्यपनि भईरहेको छ । साथै यात्राका सबै दृश्यहरु ीभडियो क्यामेरा मार्फत कैद गरिरहेको पत्रकार बाँस्कोटाले बताए । जसलाई यात्रापछि डकुमेन्ट्री निर्माणका साथै एक महत्वपूर्ण दस्तावेज निर्माण गर्ने योजना रहेको बाँस्कोटाले सुनाए । १२ दिनपछि ११ जनाको टोली काठमाण्डौं आएर पुनः पाँचथर फर्केने कार्यक्रम रहेको टोलीमा संलग्न नेकपाका प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ मिक्सोले बताए ।

 

visitnepalgroupfrompachtharphoto_daman_20200104132057
‘मध्यपहाडी आसपासका आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, शैक्षिकलगायतका क्षेत्रको प्रचार–प्रसार गर्दै भ्रमण वर्षलाई सफल पार्नु नै यो यात्राको मुख्य लक्ष्य हो,’ नेम्बाङले भने, ‘मध्यपहाडीको हालसम्मको निर्माण अवस्था र सडकले ल्याएको सामाजिक परिवर्तनको अवस्थाको समेत अध्ययन गरिरहेका छौँ । ’
नेपाल यात्राकाक्रममा प्रदेश नम्बर १ भित्रका गुमनामको अवस्थामा रहेका पर्यटकीयस्थलहरुको जानकारी लिएर प्रचार–प्रसार गर्ने र भ्रमणका लागि निम्तो दिदै आएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छोएर झुलाघाट पुगिन्छ । यात्रामा हर्क नेम्बाङ, गिरिराज बाँस्कोटा, सुमन लामा, दीपक दुलाल, धनकुमार लावती, दीपक बोहोरा, पविन माखिम, रूपेन्द्र तामाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाईं सहभागी छन् ।

ppp2