धरानः सुनसरी जिल्लावाट नेकपा निकट अनेरास्ववियू केन्द्रिय सदस्यमा तीन जना परेका छन् । लोकेश निरौंला, खेम रनपहेली र एकराज दाहाल परेका छन् । । गत पौष १८ गते अनेरास्ववियूले ३३५ जना सदस्य सहित केन्द्रीय समितिको नामावली टुंगो लगाएको हो ।

  81184006_2669125009821513_4752192209908924416_n
३३५ जनाको केन्द्रीय समितिमा साविक अखिलका तर्फबाट १८० र अखिल क्रान्तिकारीका तर्फबाट १५५ जना सदस्य रहेका छन् । लामो समयको गृहकार्यपछि विद्यार्थीले केन्द्रीय समितिको टुंगो लगाएको हो । सुनसरीबाट केन्द्रिय सदस्यमा साविक अनेरास्ववियुबाट लोकेश निरौंला र एकराज दाहाल परेका छन भने साविक अखिल क्रान्तीकारीवाट खेम रनपहेली परेका हुन् ।

केन्द्रीय समितिमा ऐन महर संयोजक रहेका छन भने साविक अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलाई भने सहसंयोजक तोकिएको छ । अनेरास्ववियूले विभिन्न आयोगहरु समेत गठन गरेको छ । बाँकि काम आगामी २८ गते बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने छ ।

81656587_824888517955914_6009600545021493248_n