धरानःकिशोर किशोरीहरुको आन्तरिक क्षमता र प्रतिभा प्रदर्शनका लागि फक्ताङलुङ मिडिया प्रा.लि. धरानको आयोजनामा हुने ‘एसईई १ स्टेट आइडल’ दोस्रो संस्करणको लागी आवेदन फाराम खुल्ला गरिएको छ ।
संगितका माध्यमबाट शिक्षा भन्ने मुल उद्धेश्यका साथ गत वर्षबाट ‘एसईई १ स्टेट आइडल’ सुरु भएको हो । प्रदेश नं. १ स्तरिय गायन प्रतियोतिताले किशोर किशोरीमा निहित गायन प्रतिभालाई उजागर गर्ने आयोजकले विश्वास लिएको छ ।
गायन क्षमता भएका प्रदेश नं १ का प्रतिभाहरुले यस प्रतियोगिता मार्फत आफ्नो क्षमता प्रतिभालाई समाजमा प्रस्तुत गर्न सक्ने भएकाले कार्यक्रम आयोजना गरिएको फक्ताङलुङ मिडिया प्रा.लि. धरानले सोमबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
धरानको युएन कलेजमा पत्राकार सम्मेलन गर्दै गायन प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लालाई समेट्ने गरि पहिलो अडिसन चैत्र दोस्रो साता धनकुटाबाट सुरु गरिने आयोजकले जनाएको छ । अन्तिम अडिसन एसईई परिक्षाको नतिजा सार्वजनिक हुनुभन्दा एक हप्ता पहिले सम्पन्न हुनेछ ।
यस गायन प्रतियोगितामा विजेताले नगद रु ५० हजार सहित एउटा गीत रेकर्ड गर्ने , कक्षा ११ र १२ नेपालका जुनसुकै कलेजमा जस्तोसुकैै विषय अध्ययन गर्नका लागि छात्रवृत्ति र गिफ्ट ह्याम्पर पुरस्कार दिइने छ । त्यस्तै फस्ट रनर अपलाई नगद रु ३० हजार सहित विविध गिफ्ट ह्याम्पर र सेकेण्ड रनर अपलाई २० हजार सहित विविध गिफ्ट ह्याम्परले पुरस्कृत गरिने छ । टपटेनलाई प्लस टु अध्ययनका लागि अर्ध छात्रवृत्ति प्रदान गरिने फक्ताङलुङ मिडिया प्रा.लि. धरानका अध्यक्ष डम्वर कुमार तुम्वाफोले वताएका छन । फाराम अनलाइनबाट पनि भर्न सकिन्छ । आवेदन शुल्क ३ सय रुपैँयाँ लाग्ने छ । अनलाइन फाराम भर्ने उम्मेदवारहरुले पछि एफ टिएल अनलाइन टिभिको अफिस धरान १२ रकम बुझाउनु पर्ने छ ।