सुनसरीःकिरात राई यायोक्खाको भातृ संगठन को रुपमा रहेको किरात राई साँस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट रामकर रार्ई अध्यक्षमा निर्वाचित भएका छन् ।
उदयपुरको गाइघाटमा सम्पन्न तीन दिने सम्मेलनबाट राईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विधान अनुसार संस्थाको तीन उपाध्यक्षमा शालिक सतासक राई, रोशन राई र शुशिला राई चयन भएका छन् भने महासचिबमा राई नविन, संस्थाको तीन सचिबमा सुरज मेवाहाङ राई, पदम राई, पूर्ण छिलिङ राई चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा मुकेश राई, दुई सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तावा राई पनि सर्बसम्मत चयन भएका हुन् । समितिको सदस्यहरुमा कला राई (इलाम), भद्रदुमी राई (झापा), डि.बी (डम्बर बहादुर) राई (उदयपुर), निश्चल राई (ललितपुर), सुखकला राई (धनकुटा), स्नेहा राई (पाँचथर), चन्द्र बान्तावा राई (सुनसरी), धनीराम राई (खोटाङ) र प्रेमकला राई (भक्तपुर) चयन भएका छन् । समितिको सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मती ढंगबाट चयन भएका हुन् । संस्थाको निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलकी संयोजक एबंम कलाकार संघका पूर्वअध्यक्ष पार्वती राईले पद तथा गोपनियताको सपथ खुवाएकी थिईन् ।
सम्मेलनमा काठमाडौं, भक्तपुर, ललितपुर सहित पूर्वका पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुङगा, सोलुखुम्बु, उदयपुर गरी करिब १ सय ५० प्रतिनिधि तथा पर्यबेक्षकहरुको सहभागीता रहेको थियो । किरात राई कलाकार संघ जिल्ला कार्यसमिति उदयपुरको, किराया त्रियुवा नगर समितिको व्यावस्थापनमा गाइघाटको किराया भवनमा सम्मेलन सम्पन्न गरिएको हो ।
कलाकार संघका नवनिर्वाचित अध्यक्ष राईले ११ बुँदे उदयपुर घोषणा पत्रलाई मुख्य एजेण्डा बनाए अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई पूरा गर्न सबैसंग घनिभुत छलफलबाट निष्कर्ष निकाल्दै संस्थालाई चुस्त ढंगले अगाडी बढाउने बताए । उनले मातहतका प्रत्येक जिल्लाहरुमा संस्थाको सागाठानीक तथा नीतिको बारेमा प्रशिक्षण दिने कार्यक्रम ल्याउने बताए ।
उदयपुरको गाइघाटमा आइतबार सम्पन्न किरात राई साँस्कृतिक कलाकार संघको तीन दिने पाचौं राष्ट्रिय सम्मेलनले ११ बुँदे उदयपुर घोषणा–पत्र समेत सार्वजनिक गरेको छ । उक्त घोषणा पत्रमा किराती समुदाय सामरिक, ऐतिहासिक, साँस्कृतिक महत्व राख्ने चिजहरु संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गदै जाने, किराती मौलिक बाजा, भेषभुषा, संस्कार, संस्कृति सम्बन्धी प्रशिक्षण किराती क्षेत्रहरुमा सञ्चालन गदै जाने, जनजागरण सचेतनामुलक किराती संस्कृतिक पहिचानमा आधारित सांगीतिक साँस्कृतिक कार्यक्रमहरु देशव्यापी रुपमा मातृसंस्था तथा भाइचारा संस्थाहरुसंग समन्वय गरी आयोजना गदै जाने उल्लेख छ ।