इटहरीः इटहरीमा आउँदो माघ १ गतेदेखि हुने प्रदेश नम्बर एक स्तरीय क्यान इन्फोटेक प्रदर्शनीको प्रमुख प्रायोजन प्रभु पे ले गर्ने भएको छ । त्यस्तै एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गर्ने भएको छ । त्यस्तै प्लाटिनम स्पोन्सरमा पाइन अभोरसिज प्रा.लि. सिल्भर प्रायोजनमा एनटिएभी टोटल सेक्यूरिटी, एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिस र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन रहेका छन् । त्यस्तै आइटी कलेज पाटर्नरमा इटहरी इन्टरेशनल, गेमिङ पाटनर एम. एस.आइ.ले गर्ने भएको क्यान सुनसरीका उपाध्यक्ष खड्ग ओझाले बताए ।
माघ ५ गते सम्म इटहरी स्थित जनता स्कुलको खेल मैदानमा संचालन हुने सो प्रदर्शनीका स्पोनसरहरू लगभग अन्तिम चरणमा पुगेको र केही संग लिखित सम्झौता गर्न बाँकी रहेको र स्टल बुकिङ धमाधम भइरहेको क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले बताए ।
क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने छन् ।
इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने अध्यक्ष बास्तोलाले जनाए । इन्फोटेकमा आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने आयोजक क्यान सुनसरीले जनाएको छ ।