इटहरीःइटहरी जेसिजको इतिहासमा सबै पदमा पहिलो पटक भएको निर्वाचनबाट सन २०२० को अध्यक्ष पदमा इटहरीका युवा व्यवसायी माधव भट्टराई विजयी भएका छन् । मंगलवार सम्पन्न ३२ औं अधिवेशनबाट उनि अध्यक्ष पदमा भारीमतले विजयी भएका हुन् । उनले ६१ मत प्राप्त गरि अध्यक्षमा विजय प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्धन्दी रुद्रप्रसाद सुवेदी(सुमन)ले २८ मत मात्र प्राप्त गरेका थिए ।
त्यसैगरि इटहरी जेसिजको कार्यकारिणी उपाध्यक्षमा माधव पौडेल र संजिव घिमिरे विजयी भएका छन् । पौडेलले ६७ मत र घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।
सचिवमा अनोज पोख्रेल विजयी भएका छन् । उनले ५२ मत प्राप्त गरे भने उनका निकट्तम प्रतिद्धन्दी नविन कटुवालले ३७ मत मात्र प्राप्त गरे ।
उपाध्यक्षमा चार जना विजयी भएका छन् । मिशन पराजुली, सफल पौडेल, सुजन पुरी र बादल दाहाल विजयी भएका हुन् । पराजुलीले ६७ मत, पौडेलले ६५ मत र पुरीले ५८ मत प्राप्त गरेका छन् । दाहाल र उपाध्यक्षका अर्का उम्मेद्वार सौरभ प्रधानको बराबरी ५२ मत ल्याएका थिए । जसमा गोलाप्रथा गरिएको निर्वाचन अधिकृत गोकुल थापाले बताए । थापाका अनुसार गोलाप्रथामा दाहाल विजयी भएका हुन् । अर्का पराजित उपाध्क्षका उम्मेद्वार प्रमोद घिमिरे(भान्जा) ले ५० मत मात्र प्राप्त गरेका थिए ।
इटहरी जेसिजमा कुल ९५ सदस्यता संख्या रहेपनि निर्वाचनमा ८९ मत मात्र खसेको थियो । त्यसमा पनि ३ मत बदर भएको निर्वाचन अधिकृत थापाले बताए ।

81821855_625002234913594_889294131350732800_n
बढी मत पराजुली र पौडेललाई
मंगलवार भएको इटहरी जेसिजको निर्वाचनमा सबै भन्दा बढी मत इटहरीका दुई युवा व्यवसायीले प्राप्त गरेका छन् । पछिल्लो समय पर्यटन व्यवसायमा होमिएका होटल इन टुरिष्ट प्यालेसका म्यानेजिङ डाईरेक्टर मिशन पराजुलीले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै माधव पौडेल खाद्यन्न सामाग्रीका व्यवसायी हुन् । उनले पनि ६७ मत प्राप्त गरेका थिए । पराजुली र पौडेलले अध्यक्ष पदका विजयी भएका माधव भट्टराई भन्दा ६ मतबढी ल्याएका थिए ।