नेपाल भ्रमण वर्ष २०२०,किर्तिपुरका नेवाली कलाकारद्वारा सांस्कृतिक बाँजागाजा सहित पर्यटकिय क्षेत्रको परिक्रमा

  • पुस २४, २०७६
  • ३७७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः किर्तिपुर नगरपालिकाका नेवारी कलाकारहरुले धरानका धार्मिक तथा पर्यटकीय स्थलहरुको सांस्कृतिक बाजागाजा सहित परिक्रमा गरेका छन् ।
किर्तिपुर १६ जोडी पुचःको नामले चिनिएका समुहका ३२ जना कलाकारहरुले धिमे बाजा, खी बाजा र बाँसुरी बजाउर्दै गाउदै नाच्दै विजयपुरको दन्तकाली बुढासुब्वा पिण्डेश्वर लगायतको मन्दिर परिक्रमा गरेका थिए । उनीहरुले बुधबार नेवारी साँस्कृतिक बाजागाजाका साथ नाच्दै गाउदै धरानको धार्मिक पर्यटकीय स्थल तथा मठ मन्दिरहरुको परिक्रमा गरेका थिए ।
भिजिट नेपाल २०२० लाई सफल बनाउन र आफ्नो मौलिक लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न उनीहरु किर्तिपुरबाट धरान आईपुगेका हुन् । पौष २१ गते देखि सिन्धुली, लाहान, हिले, धनकुटाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्दे उनिहरु धरान आईपुगेका हुन् । यसपछि विराटनगर, ईलाम मनोकामना हुदै किर्तिपुर फर्कने कार्यक्रम रहेको कलाकार एवं गायक राजेश महर्जनले बताए ।
कलाकार टोलिलाई धरानमा कलाकार सुवास शाक्य, विशाल भण्डारीले सहजिकरण तथा व्यवस्थानमा सहयोग गरेका थिए । उनिहरुलाई धरानका ३ नंं. वडाका वडाध्यक्ष आशा श्रेष्ठ, नेवाः देय् दवूका केन्द्रिय सदस्य अनिल मास्के, नेवाः देय् दबू धरानका सचिव अमृत श्रेष्ठ, ल्याम्ह दवूका केन्द्रिय उपाध्यक्ष समिर आचार्जु र पासा खलः धरान लगायत धरानका नेवारी संघ संस्थाले स्वागत गरेका थिए ।
विभिन्न चाडपर्व मेला उत्सव र विवाह आदिमा समुहले कार्यक्रमहरु गदै आएको छ । विवाहमा शुल्क लिने गरेका छन् । संकलित रकमबाट ६० प्रतिशत कलाकारहरुलाई वितरण गर्ने र ४० प्रतिशत संस्थाको अक्षयकोषमा राख्ने गरेका छन् । यही अक्षयकोषबाट प्राप्त व्याजको रकमबाट आफुहरु विभिन्न स्थानमा जाने कला संस्कृति प्रर्दशन गर्ने गरेको कृर्तिपुर नगरपालिकाका १ नं. वडाका वडाध्यक्ष समेत रहेका हर्ष मर्हजनले वताए ।

प्रतिक्रिया दिनुहोस

पहिचानविहीन सात ज ...

भद्रपुरःझापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै ...

बनेको ऐन कानूनको ...

लहानःसिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त् ...

कोशीको बगरमा गो ...

इनरुवाःकाम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्, सुनसरीको कोशी गाउँपालिका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved