मोरङःमोरङ स्थित मिक्लाजुङ गाँउपालिकाका किसानहरु व्यवसायिक कृर्षितर्फ आकर्षित भइरहेका छन् ।
खेतिबारीमा मजदुरी गरेर जिविकोपार्जन गर्ने मिक्लाजुङ गाँउपालिकालमा बसोबास गर्ने स्थानीय बासी अहिले वडाको सहयोगमा उनीहरु आत्न्मनिर्भर बन्दै गएका छन । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ८ ले कृषि पेशामा आर्कषित गर्न किसानहरुलाई सहयोग गर्न थालेपछी कृषकहरु व्यवसायिक कृर्षितर्फ आकर्षित बनेका हुन् । अन्य ब्यबसायबाट हार खाएर तरकारी खेतिमा लागेका कृषक हाल कृषि आम्दानीबाट आत्मनिर्भर बन्न थालेका छन । स्थानीय सरकार आए सँगै अनुदान उपलब्ध गराउदै आएको वडा न ८ का वडा अध्यक्ष नबिन कार्कीले बताए ।
गाँउपालिकालाई समृद्ध बनाउन कृषि र पर्यटन मात्र सम्भब भएको स्थानीयहरु बताउँछन । वडाले सहयोग गरेको तर प्रदेश र केन्द्रीय सरकारबाट आफुहरुले सोचेजस्तो सहयोग नपाएकोे कृषकहरुको गुनासो छ । आफ्नो वडालाई नै कृषिको नमुना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भएपनि राज्यले खास सहयोग नगरेको उनीहरुको भनाई छ । उनीहरुले उत्पादित वस्तुको बजारीकरणमा राज्यले सहयोग गर्नु पर्ने र कृषकले गरेको काम अवलोकन गरेर आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नु पर्ने माग गरेका छन् ।
गाउँपालिका भित्र रहेका ९ वटा वडा मा ९ किसिमकै बजेट उपलब्ध गराई कृषिलाई अगाडी बढाउदै लैजाने गाउपालीककाको योजना छ । मिक्लाजुङ गाँउपालिका वडा नम्बर ८ मात्र नभएर गाउपालीकालाई नै कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गाउपालीकाले जनाएको छ । गरिबी न्यूनीकरणका लागि कृषि पर्यटनलाई आधार मानेर दिगो पर्यटन विकासका लागि मिक्लाजुङ गाँउपालिकामा आवश्यकता अनुसारको तालिम प्रदान गर्न सके आयआर्जनमा बृद्धी सँगै पर्यटकीय महत्व बढ्ने अपेक्षा गरिएको छ ।