इटहरी : सन् २००३ बाट अस्टे«लियएन एजुकेशनको परामर्स दिदै आएकोे एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अबदेखि विश्वका अन्य देश यूके र क्यानडाका लागि पनि परामर्श सेवा सुरु गरेको छ ।

केही समय पश्चात यूएसएका लागि पनि परामर्श सेवा शुरु गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस इटहरीका प्रबन्धक कमल तिम्सिनाले बताएका हुन् । उनले प्रदेश पोर्टल सगँ कुरा गर्दे भने “दिनप्रतिदिन बिद्यार्थीको चाहनामा युके र क्यानडापनि रहेकाले यसको अध्ययनमा बिद्यार्थी काठमाडौ लगायत अन्य शहरहरुमा विद्यार्थीहरु गएर परामर्श लिइ रहेकोमा अब एक्सपर्ट एजुकेशनले शुरु गरेपछि बिद्यार्थीलाई सहजहोस् भनि शुरुवात गरेको तिम्सिनाले जानकारी दिए ।
नेपाल, अष्ट्रेलिया भारत लगाएत विश्वका बिभिन देशहरुमा शाखा रहेको यस कन्सलटेन्सि मार्फट हजारौ बिद्यार्थीहरुले अष्ट्रेलियाका बिभिन्न कलेज तथा विश्वविद्यालयहरुमा गई अध्ययन गरीरहेको यस संस्थाले अब क्यानाडा र युके मा पनि यस्तै विश्वसनिय भुमिकामा रहि विद्यार्थीहरुलाई परामर्श दिने कुरामा पुर्ण विश्वास लिएको बताए ।

युके बिद्यार्थीले रोज्नुको कारण के हो भन्ने प्रश्नमा एक्सपर्ट एजुकेशन सर्भिस इटहरीका निर्देशक भवकृष्णले “भने युकेमा गुणस्तरीय शिक्षा, भिसा प्रोसेसिङका लागि सरल, र अध्ययन सकि सकेपछि पोष्ट स्टडि वर्क तथा इन्टरसिप जस्ता कार्यक्रम रहेको हुदा अहिले धेरैको चाहना भएको बताए । त्यसै गरि भिसा प्रोसेसिङका लागि पोइन्ट बेस सिस्टम भएको हुदाँ पनि धेरै सहज हुने, जसको उदाहरणका लागि कुनै पनि विद्यार्थीले भिसा प्राप्त गर्नका लागि जम्मा ४० पइन्ट हुन पर्दछ जस्तै कलेज र विश्वबिद्यायलय बाट प्राप्त गर्ने CAS (Confirmation of Student Acceptance)  बाट र गरी आर्थिक रुपमा एक बर्षको अध्ययन शुल्क र एक बर्षको बस्ने खाने पैसा २८ दिन वा १ महिनाको भएमा पइन्ट पुरा हुने हुदा बिद्यार्थीहरुले सहजै भिसा प्राप्त गरि रहेका उनले जानकारी दिए ।