इटहरीः‘वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं’ू भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकाश निर्माणमा हतेमेलो गर्ने उदेश्यले स्थापित धरान सरोकार समाज काठमाडौँले शुक्रबार काठमाडौँ स्थित सहरी बिकाश आयोजनाको हलमा एक कार्यक्रम आयोजना गरि भर्खरै सम्पन्न उप–निर्वाचनमा धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा धरान सरोकार समाज , काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यले खादा तथा बुकी र सम्मान पत्रले धरानमा नवनिर्वाचित मेयर तिलक राईलाई सम्मान गरेका थिए । त्यस्तै धरानको उपमेयर मंजु भण्डारीले सोहि समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को बिजेता बन्न सफल प्रियारानी लामा लाई सम्मान गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै धरान सरोकार समाज , काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठले धरानको बिकाशको लागि काठमाडौँमा रहेका हामी धरानेहरु हरेक पल धरान उप–महानगरपालिकाको साथमा रहेका थियों र रहनेछौ भन्दै नवानिवाचित मेयरबाट धरानको बिकाशमा नँया आयाम थप्नुहुने आशा गरेको बताए ।

  dharan samaj (16)
त्यस्तै नवनिर्वाचित मेयर तिलक राईले वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं भन्ने धरान सरोकार समाजको मुलमन्त्रले आफुलाई निक्कै छोएको बताए । धरानको बिकाशको लागि कुनै पार्टीबिशेषको नभएर हाम्रो धरानको बिकाश गर्नुको लागि धरान उप –महानगर पालिका लागिपर्ने बताए । उनले धरान सरोकार समाज काठमाडौँसंग पनि सहकार्य गर्ने बताए । मेयर राईले आफुले कसैको निजी स्वार्थका लागि काम नगर्ने र भ्रष्टाचार कुनै हालतमा नगर्ने अठोट उपस्थित धरानेसमक्ष राख्दा सबैले तालीले साथ दिएका थिए । कार्यक्रममा काठमाडौँमा बसोबास गर्ने धराने व्यक्तित्वहरुको बाक्लै उपस्थिति रहेको थियो ।

dharan samaj (10)