धरानः धरानमा आगामी माघ ४ गते राजु लामा ( मङगोलियन हार्ट)को लाईभ कन्सर्ट हुने भएको छ ।
नेपालका चर्चित तथा लोकप्रिय गायक राजु लामाले एक भिडियो सन्देश मार्फत आफु धरान आउन लागेको बताएका छन् ।धरान–१५ बगरकोटमा रहेको होटल इजिराईडर्सको आयोजनामा हुने लाईभ कन्सर्टका लागि आफु धरान आउन लागेको गायक लामाले बताएका छन् ।
जगदम्बा अल्को वेभ प्रालीको उत्पादन द ब्यारोन र ब्लुफिनको मुख्य प्रायोजन रहने लाईभ कन्सर्टमा स्थानीय कलाकारहरु सुमिन क्षेत्री (डुकुलन्ठ्याङ),आदिम लामा र युनाइटेड डान्स सेन्टरको प्रस्तुतीपनि रहने आयोजक होटल इजिराईडर्स धरानकी प्रबन्ध निर्देशक प्रविना राई (लिम्बु)ले जानकारी दिइन । कार्यक्रमको सहप्रयोजन टुवोर्ग वियर,वाईवाई जिङ तयारी चाउचाउले गर्ने भएका छन् ।
कार्यक्रममा नेपाल डिस्टिलरी प्रालीको उत्पादन खुकुरी रम,वोटलर्स (तराइ)प्रालीको कोकाकोला,३६५ डेज भोड्का,क्वालिटी प्युरेक्स लन्ड्रि सप,राजश्री एग्रोको उत्पादन पानमारा मन्सुली चामल,प्रदिप कोल्ड सेन्टर धरान १५,भिन्टेज लउन्ज एण्ड बार विषेश सहयोगीको रुपमा रहेको छ ।
कार्यक्रमको टु ह्वीलर्स पाट्नरमा भेस्पा र एप्रिला रहेका छन् भने एजुकेशनल पाट्नरमा सगरमाथा एसडि कलेज रहेका छन् । आयोजकका अनुसार धरानको सुन्दर साउन्ड सिस्टमको ध्वनी ब्यबस्थापन गर्ने छ भने कोशीपत्र दैनिक र रेडियो धरान मिडिया पाट्नरको रुपमा रहेका छन् ।
कार्यक्रममा धराने पानी र इजिराईडर्स अटो केयर प्रालीको पनि सहयोग रहेको आयोजकको भनाई छ । आयोजकले लाईभ कन्सर्टमा सहभागि हुनेहरु मध्येबाट एक जनालाई एक तोला सुनपनि उपहार दिने भएको छ । हामिले धरानका संगित प्रेमीहरुको सहभागितालाई सहजता होस् भनेर प्रिसेल टिकटदर २ सय ५० र डोर सेल ३ सय रुपैया राखिएको होटल आयोजकले जानकारी दिएको छ ।
सहभागि मध्ये एक जनालाई गोलाप्रथाबाट छनौट गरि एक तोला सुन राजु लामाको हातबाट उपहार दिईने आयोजकले जनाएको छ ।

E6885435-2BF5-4B8A-8077-5417CED95499