धरान : विश्वकर्मा कल्याण सेवा समितिले विभिन्न आरोह अवरोह पार गर्दै २८ वर्षमा प्रवेश गरेको छ । समाजले ३ वर्ष अगाडी नै २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती समेत मनाइ सकेको छ ।
सो समितिको आउँदो सोमवार अर्थात् भोलि २८ औँ वार्षिक साधारण सभा हुँदैछ । सोहि अवसरमा समितिले १० औँ अधिवेशन पनि सम्पन्न गर्दैछ । साधसारण सभाको अवसरमा समितिले विभिन्न कार्यक्रम गर्दैछ । समाजमा अहिले २५१ जना आजिवन सदस्य रहेको छन भने संस्थामा अहिले धरान ३ मा ७ धुर जग्गा सहित लगभग १ करोड वरावरको सम्पती रहेको छ ।
अध्यक्षमा तीन आकांक्षी
विश्वकर्मा कल्याण सेवा समिति धरानको अधिवेशन यहि सोमवार अर्थात् सम्पन्न हुँदैछ । अधिवेशनमा यो भन्दा पहिले २ कार्यकाल अध्यक्ष भई काम गरि सकेका र अहिले कल्याण सेवा समितिको प्रदेश नं. १ को संयोजक तथा वरिष्ठ सल्लाहकार समेत रहेका सामाजिक अभियान्ता लाल वहादुर सुन्च्यौरी , लामो समय राजनितिक तथा सामाजिक कार्यमा तल्लिन ब्यतिmत्व जुद्ध लोहनी र वर्तमान महासचिव मान वहादुर कालिकोटे आकांक्षी रहेका छन । आखिर किन विश्वकर्मा कल्याण सेवा समितिको नेतृत्व लिन आतुर छन् त ? यो कुरा गम्भिर छ, अझ रोचक कुरा त के छ भने समितिका वर्तमान वरिष्ठ सल्लाहकार तथा प्रदेश नं १ का संयोजक समेत रहेका लाल वहादुर सुन्च्यौरी पनि उमेद्धावारी दिने भने पछि चौतर्फी चर्चाको विषय बनेको छ । यतिमात्र होइन सुन्च्यौरीलाई नैतिकताको प्रश्न समेत उठ्न थालेको छ । सुन्च्यौरी अहिले सम्म जोसुकै नेतृत्वमा आएपनि संस्थाको निर्णायक भुमिकामा उनि नै रहँदै आएको सम्वन्धित सरोकारवालाहरु वताउँछन ।
३ आकांक्षीहरुको धारणा
विस्वकर्मा कल्याण सेवा समिति धरानको अधिवेशन हुँदै गर्दा उमेद्धावारहरु के गर्नका लागी समितिको नेतृत्व लिन तयार भएका हुन त । उनिहरु धारण यस्तो छ ।
लाल वहादुर सुन्च्यौरी :
विगत लामो समयदेखी विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । यो भन्दा पहिले पनि उनि २ पटक संस्थाको अध्यक्ष भइसकेका हुन् । अव फेरि नेतृन्वमा विजय भए उनले संस्थालाइ राष्ट्रिय स्तरदेखी अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने योजनाका साथ नेतृत्व लिन तयार भएको वताउँछन ।
जुद्ध लोहनी :
उमेद्धावारका आकांक्षी सामाजिक अभियान्ता जुद्ध लोहनी नयाँ योजनाका साथ नेतृत्व लिन तयार छन् । उनले विजय गरेमा विश्वकर्मा समुदायका लागी १ लाख ५० हजार सहयोग गर्ने साथै समुदायका जेष्ठ नागरिक मिलन केन्द्र , आधुनिक सभाहल वनाउने योजना रहेको वताउँछन ।
मान वहादुर कालिकोटे:
अर्का आकांक्षी सामाजिक अभियान्ता कालिकोटेले विजय गरेमा संस्थाको सवै सदस्यहरुलाइ सक्रिय बनाउने, आधुनिक पार्टी प्यालेस वनाइे यथास्थितिमा रहेको संस्थालाइ चलाएमान वनाइ संस्थाको बृहत हितमा काम गने योजना रहेको वताउँछन ।