तरहरा : तरहरा जेसीजको २२ औँ पदस्थापन शनिबार हिजो तरहरामा सम्पन्न भएको छ ।
तरहरा जेसीज बर्ष २०२० का लागि सुनिल तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमितिलाई शनिबार पदस्थापन गराईएको हो ।jci tarahara pradeshportal 2


अध्यक्षमा तिम्सिना निर्वाचित भएसँगै कार्यकारीणी उपाध्यक्षमा सन्तोष कटवाल र बहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा विवेक विवश रेग्मी, ओम खड्का, निशाल खुलाल र प्रेम चौधरी रहेका छन् । त्यस्तै, सचिवमा उत्तम गिरी निर्वाचित भएका छन् भने जनसम्पर्क अधिकारी रमेश बिक निर्वाचत भएका हुन् ।


शनिबार पदस्थापनमा विभिन्न पदमा मनोनित समेत गरिएको थियो । महासचिवमा उमेश राई, कानुनी सल्लाहकारमा सुमन दाहाल र कोषाध्यक्षमा रीता भुषाल मनोनित भएका छन् । पहिलो सत्रको कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष विकास गिरीको सभाध्यक्षमा सम्पन्न भएको थियो । विभिन्न ठाउँबाट आएका सयौँको संख्यामा रहेका मानिसहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का संसदीय दलका नेता राजीब कोईरालाले आँफू पनि जेसीजमै लागेकाले अहिले नेतृत्वमा रहन सकेको सुनाए । उनले भने, नेतृत्वमा आउँनका लागि जेसीजको अत्यन्त ठूलो योगदान रहेको छ । उनले जेसीजले नेता जन्माउने दाबी गर्दैै राजनीतिमा मात्र नेता नभई सामाजिक नेता समेत रहने तर्क गरे । भने, शासन विधिको हुनुपर्छ भन्ने मानिस विधिबाट चलेका छन् कि छैनन् त्यो हेर्नुपर्छ, जीवन सिकाईयो बिषय हो ।