इटहरी : इटहरी ५ स्थित अस्थायी प्रहरी चौकी नजिकै एक युवाले आत्महत्या गरेका छन् । सुनसरीको कालाबन्जार घर भइ आफन्तको घरमा बसेर कोशी कलेजमा अध्ययनरत १८ वर्षीय बिशाल सुवेदीले आत्महत्या गरेका हुन् ।

कक्षा ११ को व्यवस्थापन संकायको परिक्षाको अन्तिम दिन भोलि भएकाले साझँ पढ्छु भनेर एक्लै कोठामा सुतेका उनी मंगलबार बिहान झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको गोजिमा मोबाइल, कानमा इएर्फोन साथै नजिकै गितार रहेको बताइएको छ । शवलाइ पोस्टमाटमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।