धरानः बिश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षतामा लाल बहादुर सेन्चुरी निर्वाचित भएका छन ।  समाजको  २८ औँ  बार्षिक साधरण सभा तथा १० औ  अधिबेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशन  पौष २८ गते सुनसरी उधोग बाणिज्य संघको सभा हलमा सम्पन्न भएको थियो । 

१० औ  अधिवेशन सुरु  हुनु भन्दा पहिले  २८ औ वार्षिक  साधारण सभा  केदार बराईलीको अध्यक्षतामा  १ नं प्रदेशसभा सदस्य माननीय उमिता बराईलीको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको थियो ।

साधारण सभा सम्पन्न संगै १० औ अधिवेशन सुरु भएको थियो । अध्यक्ष पदको लागि  लाल बहादुर सेन्चुरी र मान बहादुर कालिकोटेले उम्मेद्बारी दिएका थिए । महासचिवमा घमान सिंह बराईली र प्रदिप गहतराजले उम्मदवारी दिएका थिए ।     

    निर्वाचन मण्डलको प्रमुख  आयुतmमा  बराह ग्रुप धरान का प्रसाशकिय अधिकृत गंगा  कालिकोटे  रहेका थिए भने सदस्यहरुमा कला वयवसायी संघका प्रदेश इन्चार्ज  प्रेम लकान्द्री , नेकपा जिल्ला नेता  डिबी शंकर ,पत्रकार तारा लामिछाने ,र कानुनी सल्लाहकार अवइन्द्र निरौला रहेका थिए । सोमबार राती १ बजे मतगणना सम्पन्न  भएको थियो ।  निर्वाचनमा   जम्मा मतदाता संख्या २६५ मध्ये १५३ मत खसेको थियो । खसेको  मत मध्ये  १६ मत बदर भएको निर्वाचन प्रमुख आयुक्त्त गंगा कालिकोटेले जानकारी दिएका छन ।

 अध्यक्षमा निर्वाचित लाल बहादुर सेन्चुरीले १०३ मत प्राप्त गरेका थिए ।  उनका  प्रतिद्वन्दी  मान बहादुर कालिकोटेले जम्मा ३६ मत प्राप्त गरेका थिए ।   सो अधिबेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  सदस्टि चयन भएको छ ।  उपाध्यक्ष  जुद्द  लोहनी महासचिवमा घमान सिंह बराईली सचिवमा  सुमन गहतराज र कोषाध्यक्ष हिरालाल बराईली विजयी भएका छन् ।  सदस्यहरूमा लाल बहादुर विश्वकर्मा, कला शंकर, सागर रसाईली, सन्दीप शंकर, जीत बहादुर कालिकोटे र लालन जनकर्मी विजयी भएका छन् ।