विराटनगरःप्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सीप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा मंगलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् । उनले सीप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्ने बताए ।

गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले अगाडी बढनुपर्ने उनले बताए । उनले विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गरि व्यवस्थित तरिकाले संचालन गरिनुपर्ने बताए । ‘पढन र लेखेर मात्र हुदैन,’ उनले भने, ‘शिप र व्यवहारिक ज्ञान सहितको शिक्षा दिनुपर्दछ ।’ कार्यक्रममा बोल्दै उनले शिक्षालाई शिवसँग जोडेर लैजाने विषयमा अगाडी बढीसकेको जानकारी दिए । दक्ष शिक्षक राखेर उनीहरूको क्षमता अभिवृद्धी गरि समय सापेक्षा शिक्षा प्रदान गरिनुपर्ने अध्यक्ष पुरीले बताए । ‘२÷४ महिना काम गर्ने शिक्षक राखिने दिन अब गए,’ उनले भने, ‘व्यवहारिक शिक्षा दिन प्रोफेसल शिक्षक राखिनु पर्दछ ।’ काठमाण्डौमा चाँडै राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका विधुवानहरुलाई ल्याएर शिक्षालाई शिपसँग जोडेर अगाडी बढने विषयमा राष्ट्रिय स्तरको सेमिनरको तयारी गरेको पनि उनले जानकारी दिए ।

IMG_9310

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठ., प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाई, राष्ट्रिय परिक्षा बोर्ड प्रदेश १ का प्रमुख डम्बरबहादुर बतासलगायतले बोलेका थिए ।

सोही अवसरमा प्याब्सन मोरङको भवन निर्माणमा सहयोग पु¥याउने दुई दर्जन पब्लिकेशनहरुलाई सम्मान गरिएको छ । यस्तै विष्णु डंगोल, भवती प्रसाद घिमिरे, गाविेन्द काकीलाई पनि सम्मान गरिएको थियो । पत्रकार सुशिला पाठक पनि सम्मानित भइन् ।

प्याब्सन मोरङको २ तले भवन उद्घाटन

विराटनगर महानगरपालिका ३ स्थित प्याब्सन मोरङको आफनै भवन निर्माण भएको छ । कुल १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित २ तले भवनको उदघाटन मंगलबार गरिएको हो । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको अवसर पारेर भवन सो उदघाटन गरिएको हो । उक्त भवनको उद्घान प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले गरेका छन् ।

IMG_9288 (1)