इटहरीः सूचना प्रविधिको बिकास , मानव जिवनमा देखिएको खतरा र त्यसको न्युनिकरण गर्ने एवम प्रविधिको बिषयमा धेरै भन्दा धेरै ज्ञान बाडने उद्येश्य सहित सुनसरीको इटहरीमा भोली बुधबारदेखि ५ दिने क्यान इन्फोटेक मेला लाग्ने भएको छ ।

मेलाको समुदघाटन प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गर्ने कार्यकम तय भएको छ । होटल व्यवसायी , मोवाइल एक्सपो र शुचना प्रविधिहरूको प्रदर्शनी सहित ८० वटा स्टलहरू रहने क्यान इन्फोटेकको सबै तयारी सकिएको मंगलबार पत्रकार सम्म्ेलनको आयोजना गर्दै आयोजक क्यान महासंघ सुनसरीले जनाएको छ ।

२ वर्ष पछि इटहरीमा हुन लागेको इन्फोटेक यो वर्ष फरक र चर्चा योग्य बनाउन अवलोकनकर्ता देखि पत्रकारहरू सम्मलाइ उपहार योजना ल्याइएको छ । मेलाभित्र रोबोर्टहरूको भिडन्त , दौड , आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिने छ ।

साथै मेलामा बिद्यार्थीहरूकालागि बिशेष योजना पनि ल्याएको छ । शुचना प्रविधि सम्बन्धि जानकारी मुलक सन्देश तथा उपकरण बनाएर प्रदर्शन गर्न सकेमा उचित पुरस्कारको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक खड्ग ओझाले बताए ।

मेलाको मुख्य प्रायोजक प्रभु पे ले गरेको छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेको छ ।