थपिएको म्याद गुज्रिँदासमेत बनेन सडक

  • माघ १, २०७६
  • २२६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

भद्रपुरः सरकारले निर्धारित समयमा विकास निर्माणका परियोजना सम्पन्न गर्नुपर्ने कडा निर्देशन जारी गर्दै आए पनि निर्माण व्यवसायीले त्यसको ठाडै अवज्ञा गर्न छाडेका छैनन् । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडलाई भद्रपुरसँग जोड्ने महत्वपूर्ण सडक कालोपत्र गर्ने कार्यको ठेक्का लिएको आशिष÷प्रेरा जेभी ललितपुरले तोकिएको अवधिमा निर्माणकार्य गर्न सकेको छैन ।

आशिष÷प्रेरा जेभीले बिर्तामोडदेखि गरामनीसम्मको चार किलोमिटर कालोपत्र सडक निर्माण गर्ने भनी विसं २०७५ असार २४ गते ठेक्का सम्झौता गरेको थियो । डिभिजन सडक कार्यालय दमकका अनुसार सो आयोजना सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७६ असोज २३ गते थियो । तोकिएको अवधिमा निर्माणकार्य आधा पनि नभएपछि आशिष÷प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले पुस मसान्तभित्र निर्माण सक्ने गरी तीन महिना म्याद थप्नुभएको थियो । तर थपिएको म्यादभित्र समेत सो सडकको निर्माणकार्य सम्पन्न हुन सकेन ।

डिभिजन सडक कार्यालयका प्रवक्ता इञ्जिनीयर चन्द्रेश्वर साहले सो सडकको ठेक्का नं डिआरओडीएमके÷३३७३६६–४÷२०७४÷७५÷१० रहेको जानकारी दिए । नेपाल सरकारको प्राथमिकतामा रहेको सो सडक रु २७ करोड नौ लाख ७० हजार ९६ मा ठेक्कामा लागेको थियो । सो सडक निर्माण समयमै गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा हरेक दिन खबरदारी गर्दै आउनुभएका नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सो सडकको ठेक्का लिएका निर्माण व्यवसायीले पप्पु कन्स्ट्रक्शनकै जस्तो व्यवहार देखाएको बताउछन् ।

उनले माथिल्लो निकायसम्म पहुँच भएको भन्दै अटेर गर्ने आशिष÷प्रेरा जेभीमाथि कडा कारवाही हुनुपर्ने माग गरे । मुख्य बजार क्षेत्रको सडक लामो अवधिदेखि धुलाम्य र भताभुङ्ग पारेर निर्माणकार्य अलपत्र पारेको भन्दै बिर्तामोडका व्यवसायी आक्रोशित बनेका छन् । तोकिएको अवधिमा सडक निर्माण नगर्ने र भताभुङ्ग पारेर छाड्ने प्रवृत्तिले उपभोक्ता मात्र नभइ मेचीकै व्यापार व्यवसायमा असर परेको छ । सो सडकले चन्द्रगढी विमानस्थललाई समेत जोड्छ ।

प्रवक्ता साहका अनुसार आशिष÷प्रेरा जेभीका सञ्चालक गुप्ताले सो सडक निर्माणका लागि फेरि म्याद थप गरिदिन भन्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । उनले असार मसान्तसम्म काम सक्ने गरी छ महिना म्याद थपिदिन निर्माण व्यवसायीका तर्फबाट माग गर्दै निवेदन आएको बताए । विद्युत् र टेलिकमका पोल हटाउन ढिलाइ भएका कारण आयोजना तोकिएको अवधिमा सम्पन्न नभएको निर्माण व्यवसायीले म्याद थपको निवेदनमा उल्लेख छ ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले हालै पेटी ठेक्का लिएका केदार गिरीले तीव्रगतिमा काम अघि गरिरहेको पाइएको धारणा व्यक्त गर्दै तोकिएको अवधिमा काम नसकिनुमा मुख्य ठेकेदार कम्पनीले यसअघि काममा गरेको ढिलासुस्ती जिम्मेवार रहेको बताए । उनले अब थपिने अवधिमा काम सम्पन्न हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

पहिचानविहीन सात ज ...

भद्रपुरःझापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै ...

बनेको ऐन कानूनको ...

लहानःसिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त् ...

कोशीको बगरमा गो ...

इनरुवाःकाम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्, सुनसरीको कोशी गाउँपालिका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved