झापाः झापाको बाहुँण्डागीमा वर्सेनी हुँदै आएको एसियन ग्रामीण पर्यटन महोत्सवको छैठौं संस्करण यस वर्ष भिजिट नेपाल २०२० लाई समेत ध्यानमा राख्दै काँकरभिट्टामा आयोजना हुने भएको छ । साविकका गाविसहरु समायोजन भई बनेको हालको मेचीनगर भित्रै बाहुण्डागी पनि पर्ने भएकाले महोत्सवको बाहुण्डागी बाहिर हुन लागको आयोजकले बताएका छन् ।
यहि माघ २६ देखि ३० गतेसम्म काँकरभिट्टाको देवकोटा पार्क र आसपासको बजार क्षेत्रलाईलाई महोत्सव क्षेत्रका रुपमा रहने गरी आयोजना हुने महोत्सवका आयोजनक समितिका अध्यक्ष अर्जुन कार्कीले बताए । नेपालले पर्यटन वर्षका रुपमा सन् २०२० लाई घोषणा गरेको अवस्थामा महोत्सवको महत्व र व्यपाकताका लागि स्थान परिवर्तन भएको आयोजकले बताएको छ । “पर्यटन वर्षलाई समेत लक्षित गरेर आयोजना गर्दा राम्रो हुन्छ भन्ने सुझावका आधारमा काँकरभिट्टामा गर्न लागेका हौं ।” अध्यक्ष कार्कीले भने–“यस पटक महोत्वसलाई सधैं भन्दा फरक र प्रभावकारी बनाउने छौं । महोत्सवमा नेपाल भारत, भुटान, बंगालदेश, लगायतका ग्रामीण पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने छ । महोत्वसको तयारीका लागि ५१ सदस्यीय मुल आयोजक समिति समेत गठन भएको अध्यक्ष कार्कीले बताए ।

83202410_1188882698169352_2705874502226542592_n 1

महोत्सवमा सिक्किमका मुख्यमन्त्रीलाई निम्तोः
झापाको काँकरभिट्टामा हुने एसियन ग्रामीण पर्यटन महोत्सव २०७६ को उद्घाटन कार्यव्रmममा सिक्किमका मुख्यमन्त्री पि.एस. गाले लाई आउन इच्छुक भएका छन् । महोत्सव आयोजक समितिको एक प्रतिनिधि मण्डलले बुधवार सिक्किमको जोरथाङमा मुख्यमन्त्रीसँग भेट गरी महोत्सवको निम्तो दिएको थियो । निम्तो ग्रहण गर्दै मुख्यमन्त्रीले गोले आउन इच्छुक भएको बताए । “उहाँले हाम्रो निम्तोलाई हार्दिकतापूर्वह स्वीकार गर्नु भयो ।” मुख्यमन्त्रीले आवश्यक प्रव्रिmया पुरा गरेर महोत्सवमा सहभागी हुन इच्छुक बताउनु भयो । भिजिट नेपाल मेचीनगरका जागरण अभियानका टोली नेता डिल्लीराम घिमिरेले भने –“ हामीलाइ उनले पक्का आउँछु भन्नु भएको छ ।” भिजिट नेपालको जागरण अभियानको तर्फबाट मुख्यमन्त्रीलाई भिजिट नेपालको लोगो अंकित टिसर्ट र व्याज हस्तान्तरण गरिएको थियो ।

ps letter

दुई देशीय पर्यटन प्रर्वधन गरौंःमुख्यमन्त्री गोले
सिक्किमका मुख्यमन्त्री पिएस गोलेले नेपाल र सिक्किमको पहाडी क्षेत्रको भुबनौट, रहनसहन, भाषा शैली उस्तै भएको र पर्यटनको सम्भावना पनि उस्तै भएकाले मिलेर काम गर्दा राम्रो हुने बताएका छन् । सिक्किमे जनतालाई नेपाल घुम्न मन पर्ने र नेपाली जनतालाई सिक्किम घुम्न मन पर्ने भएकाले पनि दुई देशका पर्यटन प्रबर्धनमा सजिलो हुने मुख्यमन्त्री गोलेले बताए । झापाको काँकरभिट्टामा हुने एसियन ग्रामीण पर्यटन महोत्सवका लागि निम्तो दिन गएको टोलीसँग कुराकानी गर्दै मुख्यमन्त्री गोलेले नेपालको प्रदेश नम्बर १ सँग पर्यटनमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले भने–“मिलेर काम गर्दा धेरै गर्न सकिन्छ” । आफु प्रदेश नम्बर १ का मुख्यमन्त्रीसँग भेट्न इच्छुक रहेको पनि उनले बताए ।

ps