इटहरी : उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुक जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको केआइइसीले इटहरीमा शाखा विस्तार गरेको छ ।
विदेशमा रहेका सुविधा सम्पन्न कलेजहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई अध्ययनका लागि सहज बनाउन सहयोग पुर्याउने उद्धेश्यले १३औं शाखा सञ्चालनमा ल्याएको केआइइसीका सिइओ राजेन्द्र रिजालले बताए ।
उनले उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका कलेजहरुमा जाने विद्यार्थीहरुले सहजिकरणका लागि काठमाडौंमा पुग्नुपर्ने समस्याको अन्त भएको बताए ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौड्यालले शाखाको शुक्रबार उद्घाटन गरेका हुन् ।
रोजगार मुलक शिक्षाका लागि विद्यार्थीहरु बाहिर जानु परिरहेको तर्फ मध्यनजर गर्दै नेपाल सरकारले नै रोजगारी केन्द्रीत शिक्षामा जोड दिदै जानुपर्ने अध्यक्ष पौड्यालले बताए । इटहरी तथा आसपास क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी इटहरीमा केआइइसी सञ्चालनमा ल्याएको इटहरी शाखा सञ्चालक चेवन खतिवडाले बताए । कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको सहभागिता रहेको थियो ।