इटहरी : नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सदस्य मदन चुडाल युवा तथा खेलकुद विभाग सुनसरीको संयोजक भएका छन् । नेकपा सुनसरीको हिजो (शुक्रबार) बसेको बैठकले चुडाललाइ खेलकुद बिभागको जिम्मेवारी दिएको हो ।
चुडाल युवाहरुमा लोकप्रिय मानिन्छन । सगरमाथा आरोहि समेत रहेका उनले खेलकुद तथा युवाको जिम्मेवारी पाएकोमा सुनसरीका युवाहरुमा समेत उत्साह छाएको छ । चुणालले भने, आफुमा विश्वास गरेर पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने अठोट लिएको बताए ।
त्यस्तै राष्ट्रिय युबा संघ फ्याक्सन ईन्चार्ज पुर्ण बहादुर भुजेल, विद्यार्थी इन्चार्ज लोकेस निरौला, सह ईन्चार्ज मा शैलेन्द्र बाघमरिया लाई पार्टीले जिम्मेवारी दिएको हो ।