बिराटनगर : प्रदेश एक सरकार गठन भएको करिब दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन्‌।

प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ। मन्त्री मण्डलमा एक महिला सहित ४ जना राज्यमन्त्री थप्ने तयारी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश १ मुख्यमन्त्री कार्यलयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ।
नयाँ मन्त्री हुनेहरुमा पूर्व एमाले बाट ३ र पूर्व माओवादी केन्द्र बाट १ जनाको नाम चर्चामा छ। पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्री झापाकी जसमाया गजमेर, भुमि ब्यबस्था तथा कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व(माओवादीका तर्फबाट मोरङका विजय विश्वास उद्योग वन तथा वातावरण राज्यमन्त्री बन्‍ने भएका हुन्। यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्‍न लागेका हुन्। अबको केही समयपछि दुई मन्त्री थप्‍ने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ।

mantri pradesh