जनताको समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुुख्यमन्त्रीको निर्देशन

  • माघ ५, २०७६
  • ३१३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्री सहित आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् । महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो, मुख्यमन्त्री राईले भने तपाईहरुले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्नुहुनेछ ।
मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् । काम गर्न तपाईहरु अल्मलिनु पर्दैन्, मुख्यमन्त्री राईले भने कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।
कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नव नियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जना प्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । जस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले रामबहादुर मगरलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पुरस्कार पाएको रकम म ...

इटहरी: मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरी द्धारा आफुँले भलिबल खेल जितेको रकम मृगौला पिडित एक बालिकाल ...

बिशिष्ठ योगदान गर्ने ...

इटहरीः होटल व्यवसायी संघ इटहरीले आफ्नो संघलाई अहोरात्र खटेर मजबुद बनाउन योगदान पुर्याउने ५ जना होटल ...

नेपाली युवाहरुको व् ...

इटहरीः झापामा डेढ अर्ब लगानीमा निर्माण भएको प्रदेश नम्बर १ कोे पहिलो पाँचतारे होटल मेची क्राउन आउदो ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved