भोजपुर : भ्रमण वर्ष २०२० लाई सफल पार्दै मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्न टेम्केमैयुङ पर्यटकीय साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । एकसय नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुरको टेम्केडाँडा (मुन्दुम पदमार्ग) लाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा महोत्सवको हुन लागेको हो ।
विशेषगरि मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले जानकारी दिए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको उनले बताए । यहि फागुन १३ र १४ गते टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा आयोजना हुने महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
महोत्सवका अवसरमा स्थानीय साँस्कृतिक कलाकृतिको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यीक भलाकुसारी तथा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम रहने महोत्सवको आयोजक टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । महोत्सवमा बरिष्ठ संगितकार गणेश रसिकको एकल साँझ पनि रहने गाउँपालिकाले जनाएको छ ।
यस्तै महोत्सवमा जिल्लाभित्रका साहित्यिक, सांगातिक, चलचित्र, खेलकुद क्षेत्रका विभिन्न श्रष्टाहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको आयोजक गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको छ ।