विराटनगर । प्रदेश लोकसेवा आयोगमा कवि सीमा अाभाससहित तीन नियुक्त भएका छन् । अध्यक्षमा उत्तमकुमार भट्टराइ, सदस्यमा टीकादत्त राइ र सजना दाहाल (सीमा अभास) रहेका छन् । 

पूर्वकृषि सचिव खड्का र राइ नेकपाबाट सीफारिसमा परेका हुन् भने सीमा अाभास काँग्रेस काेटाबाट सीफारिसमा परेकी हुन् ।  राइ मुख्यमन्त्रि कार्यालयका सचिव हुन्, उनले राजिनामा दिइसकेका छन् । 

मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान  रहेकाे प्रदेश लोकसेवा आयोग सिफारिस समितिले उनिहरूलाइ सिफारिस गरेकाे हाे  ।

समितिले सोमबार तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।