फिक्कलः मेची आयुर्वेद अस्पताल इलामको आयोजनामा पर्यटकिय नगरी सूर्योदय नगरपालिकाको १३ नम्बर वडाको ३ स्थानमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिबिरबाट ८ सयबढी स्थानीयले आयुर्वेदिक स्वास्थ्य सेवा प्राप्त गरेका छन् । इलामको सूर्योदय नगरपालिका वडा नम्बर १३ को खानी भञ्ज्याङ, कोल्बोटे र पोखरीमा शनिबार आईतबार र सोमबार गरी तीन दिन आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट ८ सयबढी स्थानीयले स्वास्थ्य परिक्षण गरि सेवा प्राप्त गरेको मेची आयुर्वेद अस्पताल आइतवारेका प्रमुख तिर्थराज आर्चायले जानकारी दिए । उनका अनुसार खानी भञ्ज्याङमा संचालित शिविरमा एक सय ५० जना , कोल्बोटेमा संचालित शिविरमा तीन सय जना बढी र पोखरीमा संचालित शिविरमा चार सय बढीले स्वास्थ्य परीक्षण गराएका छन ।
स्वास्थ्यको पहँच नपुगेका स्थानीलाई गाउँमै सुविधा दिने र गाँउघरमै पाईने जडिबुटीको महत्वलाई गाँउ तहमा बुझाउने उद्देश्यले शिविर आयोजना गरिएको मेची आयुर्वेद अस्पताल आईतबारेका कार्यालय प्रमुख आचार्यको भनाई छ । आचार्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिकी उप प्रमुख चित्रकला बराईलीले आफनो स्वास्थ्य परीक्षण गराई कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले आर्युवेद उपचार प्रति ढुक्क भएर बिश्वास गर्न समेत स्थानीयलाई आग्रह गरिन् ।
शिविरमा सुर्तीजन्य , मदिराजन्य पर्दाथ नियन्त्रण, शारीरिक सक्रियता बढाउने , स्थानीय खाद्य सामग्रीको उत्पादन र जडीबुट्टी जन्य उपचारको प्रयोग बढाउने जस्ता कार्यक्रम संचालन गरिएको छ । शिविरमा प्रेसर, सुगर जस्ता रोगका बिरामीको मेची आयुर्वेद अस्पताल आईतबारेका डा. रुपेश सोनाम र बिर्ता आयुर्वेद झापाका डा. राजेन्द्र पोखरेलले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा शरीरिक उचाई अनुसारको तौलको अनुपात जाँच गर्ने , दैनिक क्यालोरी सिट दिने र आफैले सामान्य बिरामको जाँच गर्न सक्ने जस्ता पद्दती स्थानीयलाई सिकाईएको कार्यलय प्रमुख आर्चायले बताए ।

IMG_7274
शिविरमा बिरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यालय प्रमुख आचार्यले जिल्लाका अन्य स्थानमा पनि आवश्यक्ता हेरी शिविर संचालन गर्दै जाने बताएका छन् । आयुर्वेद औषधालयको आयोजनामा आउदो १३ गते देखि सात दिन रोङ गाउँपालिकामा आयुर्वेद शिविर संचालन गरिने कार्यालयले जनाएको छ । इलामको आईतबारेमा रहेको मेची आयुर्वेदिक औषधालय अस्पतालको प्रमुखको जिम्मेवारी आर्चायले लिएसंगै अहिले सो अस्पतालले २४ सै घण्टा उपचार सेवा दिन थालेको छ । आर्चायकै पहलमा एक महिनाअघि अस्पताल परिसरमै निःशुल्क स्वास्थ्य शिबिरको समेत आयोजना गरिएको थियो । निःशुल्क स्वास्थ्य शिबिर हुनुका साथै आर्चायले २४ घण्टा अस्पतालको सेवा व्यवस्थित तरिकाले संचालन गरि बिभिन्न रोगको आयुर्वेदिक पद्धतिबाट सहज उपचार हुन थाले पछि उक्त अस्पतालप्रतिको जनविश्वास बढेको छ । जनविश्वास बढेसंगै आयुर्वेदिक पद्धतीबाट उपचार गराउन आउने बिरामीहरुको संख्या प्रतिदिन बढीरहेको अस्पताल प्रशासनले बताएको छ ।

IMG_7291