इटहरीःस्कटल्याण्डमा बसोबास गर्ने नेपालीहरुले (हिजो) सोमबार नेल्सनमण्डेला प्यालेसमा दोस्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडको आयोजनामा भएको रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । यसअघि गत साता सोमबार नै सोही संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा ३४ जनाले रक्तदान गरेका थिए । आयोजक संख्थाका सचिव एव्म कार्यक्रम संयोजक केबल पोख्रेलका अनुसार हिजो अर्थात सोमबार पुनः १० जनाले रक्तदान गरेका हुन् ।

IMG_2305

नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडका अध्यक्ष रामप्रसाद कडेलका अनुसार सो स्थानमा बसोबास गर्ने नेपालीहरुको तर्फबाट रक्तदान जस्तो पवित्र कार्य दोस्रो पटक गरिएको हो । विदेशमा बसेर बिभिन्न समयमा विभिन्न स्थान र व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको तर, कसैको जीवन जोगाउने रक्तदान जस्तो मानविय हितकार्य पहिलो पटक गर्न पाउदा स्कटल्याड बसोबास गर्ने नेपालीहरुले खुसी भएको अध्यक्ष कडेलले बताए ।
सचिव पोख्रेलका अनुसार एनएचएस स्कटल्याडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संस्थाको तर्फबाट बार्षिक क्यालेण्डरमै समावेश गरेर बर्षको २ पटक अनिर्वाय रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिने कार्यक्रम अनुसार सोमबार पुनः रक्तदान गरिएको हो । । संस्थाले अन्य समाजिक तथा मानवीय कार्यहरु गर्दै जाने योजना पनि बनाएको पोख्रेलले सुनाए । उनका अनुसार नेप्लीज साउथ साइड कम्युनिटी ग्लासको स्कटल्याडले नेपालीका ५० जना छोराछोरीलाई नेपाली भाषा अध्ययनका लागि पाठशाला समेत संचालन गर्दै आईरहेको छ ।

IMG_2304 IMG_2311 IMG_2310