२०६५ साल देखि तामाङ जातीहरुले ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यस वर्ष नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी धरानमा ‘सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सव’ माघ ११ गते देखि श्यामचौंकमा शुरु हुँदैछ ।
नेपाल तामाङ घेदुङको सुनसरी जिल्ला समिती, धरान नगर कमिटी र १५ नम्बर इकाइ कमिटीको संयुक्त आयोजनामा १५ दिने महोत्सव हुन लागेको हो । धरान उमपहानगरपालिकाको प्रमुख तिलक राईद्वारा उदघाटन हुने महोत्सवले तामाङ समुदायको संस्कार, संस्कृति प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिईएको छ । महोत्सवमा रोटेपिङ, डुङ्गा लगायतका मनोरञ्जनात्मक साधनहरु राखिएको छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक सांगितिक प्रस्तुती दिनेछन् । महोत्सवको मुख्य प्रायोजक नेपाल आइस रहेको छ भने सहप्रायोजन द बारोन सेलेक्ट र खुकुरी रमले गरेको छ । प्रस्तुत छ, महोत्सवलाई केन्द्रमा राखेर केही व्यक्तिहरुसंग गरिएको कुराकानी
भ्रमण वर्षलाई टेवा पुर्याउँछ
राजेन्द्र लामा, लामा, ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बा
नेपाल तामाङ घेदुङले आयोजना गरेको १५ दिने महोत्सव वास्तवमा बजारको लागि मान्छेहरुलाई देखाउने भन्दा पनि तामाङ संस्कार, बौद्ध धर्मको संस्कार र परम्परा सँग जोडिएको छ ।
चन्द्रमा खगोल शास्त्र ज्योतिस विज्ञान सँग पनि जोडिएका हुँदा सुर्य दक्षिण तर्फ लाग्ने र पृथ्वीमा तातोपन आउँने, हिउँहरु पर्न छाड्ने, आरुहरु लगायतका फुलहरु फल्न थाल्ने चराचुरुङ्गीहरुले बासस्थान फेर्ने, भाका फेर्ने, भुई मुनि रहेका गिठ्ठा भ्याकुरहरु जति पनि छ पलाउन थाल्ने समय शुरु हुने समय हो । कृषकहरुका लागि मकै छर्ने सिजन पर्ने भएकोले यसलाई सोनाम ल्होसार मानिन्छ । ज्योतिस विज्ञान सँग पनि १२ वटा वर्ग ५ वटा तत्वसँग जोडिएर यस वर्ष चै फलाम पुरुष मुसा वर्ग आउँदैछ । यसले विश्वमा पार्ने प्रभावको वर्ष भरीको ज्योतिष लेखाजोखा गर्छ यसमा । त्यसले गर्दा मुसा वर्ग आको हुँनाले आर्थिक समृद्धिको पाटो सवल देखिन्छ । मुसा रातको समयमा देखिने भएकाले अन्तिम समयमा थोरै कामहरुमा ढिलासुस्ती हुने जस्तो देखिन्छ । समग्रमा यस वर्ष राम्रो अवश्था आउने देखिन्छ । राज्यले संचालन गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन १५ दिन सम्म महोत्सव गरेर अन्तराष्ट्रिय स्तरमा भ्रमण वर्षको प्रचार सँगै तामाङ जातीको धर्म, संस्कार संस्कृतिलाई प्रचार गर्न पनि यसले महत्वपुर्ण भुमिका खेल्नेछ ।
संस्कार, संस्कृतिमा पुस्ता हस्तान्तरणमा फलदायी हुनेछ
सुजेन्द्र गोले, केन्द्रिय सल्लाहाकार, नेपाल तामाङ घेदुङ
हरेक वर्ष धुमधामका साथ मनाउँदै आएको छौं । यस वर्ष अझै भव्य बनाउने योजनामा रहेका छौं । सांस्कृतिक महोत्सवको रुपमा मनाउने तयारीमा छौं । तामाङ जातीको परम्परागत नृत्य, मौलिक खाद्य परिकार, भेषभुषाहरु प्रर्दशनी गछौं । लोप हुँदै गएको तामाङ जातीको संस्कार संस्कृतिलाई जगेर्ना गर्दै महोत्सवको माध्यमबाट प्रवद्र्धन हुनेछ भन्ने अपेक्षा गरिएको छ । जातीय संस्कार र संस्कृतिलाई पुस्ता हस्तान्तरणमा पनि फलदायी हुने भन्ने आशा गरेका छौं ।
नयाँ पुस्तामा पछिल्लो समय भुषभुषामा आकर्षण बढ्दै गएको देखिन्छ । गित संगित प्रति पनि आकर्षण बढेको छ तर हाम्रो धर्म, परम्परा, रितिरिवाज, संस्कार, संस्कृतिमा चै बाह्य संस्कृतिको हस्तक्षेप बढ्दै जाँदा मिश्रित भईरहेको पाउँछौं । त्यसमा तामाङ जातीकै मौलिक रितिरिवाजको विषयमा जान्ने र बुझ्ने मौका पाउनेछन् । अन्य जाती समुदाय, धर्म, सम्प्रदायले पनि तामाङ जातीको संस्कार संस्कृति बुझाउन यो महोत्सव सफल हुनेछ, यो औद्योगित महोत्सवको रुपमा पनि रहनेछ ।
जातीय परिकार सहित भेषभुषाको स्टल पनि रहन्छ
लोक बहादुर थिङ, संयोजक, राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होसार २८५६ पर्यटन महोत्सव
हामीले २८५६ औं वर्षको अवसरमा महोत्सवको आयोजना गरिएको छ । सबैलाई स्वागत गर्न धरानका विभिन्न चौंकहरुमा गेट, फ्लेक्स लगाउने, प्रचार प्रसारका सामग्रीहरु टाँस गर्ने काम गरेका छौं । ल्होसारको अवसरमा कार्यक्रम गरेका छौं । माघ ११ गते उदघाटन हुनेछ । महोत्सवमा पिङ, नाउँ, मनोरञ्जनका सामग्री रहन्छन् । खाद्य परिकार पनि राखिनेछ, जातीय परिकारहरु रहनेछ, साँझमा मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछ । तामाङ जातीको लागि जातीय पहिरनमा रहनेछ, जातीय पहिरनहरुको विक्रि गर्ने तयारीमा छौं । अन्य जातीय परिकारहरु सहित भेषभुषाहरुको पनि स्टल रहनेछ ।
जातीय संस्कार संस्कृती देखाउने थलो
टंक योञ्जन, अध्यक्ष, नेपाल तामाङ घेदुङ धरान १५ ईकाइ
यो हाम्रो तामाङ जातीको संस्कार, संस्कृति देखाउने थलोको रुपमा रहनेछ । तामाङ जातीको भेषभुषा, जातीय खानेकुराहरुको विषयमा सबैलाई जानकारी गराउने छौं । तामाङ जातीको बाजागाँजा सहित नृत्य प्रदर्शनी हुन्छ । खाद्य परिकारहरु जातीय खाना खाप्से, बाबर (रोटी) गुन्द्रुकको अचारहरु राखिन्छ । जातीय संस्कार सहित जातीय नृत्यहरु प्रदर्शन गरिनेछ । १५ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारहरु बाट सांगितिक कार्यक्रमहरु प्रत्येक दिन हुनेछ । स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ । घेदुङ सँग आबद्ध रहेका सांस्कृतिक समुहहरुले जातीय सांगितिक प्रस्तुती रहनेछ ।