विराटनगरः प्रदेश एक लोकसेवा आयोगका पदाधिकारीले आज सपथ लिएका छन् । माघ ६ गते प्रदेश एक सरकारले तीन पदाधिकारी हुने गरि आयोगमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरमा मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठले आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईलाई सपथ गराएका थिए । त्यसपछि भट्टराईले सदस्य दोयि सजना दाहाल दाहाल र टीकादत्त राईलाई सपथ गराएका थिए । सपथ पश्चात प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष भट्टराईले लगत्तै प्रदेश एकको लोकसेवाको काम शुरु गर्ने प्रतिक्रिया दिए । आयोगलाई दिशानिर्देश गर्न प्रदेश ऐन पर्याप्त रहेको भन्दै संघीयताको मर्मअनुसार प्रदेश तहमा कर्मचारी पुर्याउन काम थाल्ने बताए ।
प्रदेश एक लोकसेवा आयोग गठन गर्न बनेको ऐन २०७६ अनुसार पदाधिकारी चयन भएको हो । उक्त व्यवस्था अनुसार मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलको नेता सम्मिलित हुने सिफारिस समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
चयन पदाधिकारीमा भट्टराई र राई निजामती सेवामा लामो समय अनुभव बोकेका व्यक्ति हुन् भने दाहाल कवि सीमा आभासका नामले चर्चित व्यक्ति हुन् । उनि महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्यापन गर्छिन ।